नुवाकोटमा ईश्वर पोखरेल सवार गाडीमा ढुंगा प्रहार



 

केपी ओली पक्षधर नेकपाको जिल्ला कार्यकर्ता भेलामा सहभागी हुन नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलमाथि आक्रमण प्रयास भएको छ । प्रचण्ड-माधव नेपाल पक्षधर नेकपाका कार्यकर्ताले पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेका छन् । बट्टार क्याम्पस अगाडि विरोध प्रदर्शनमा उत्रिएका प्रचण्ड-माधव पक्षधर कार्यकर्ताले कालो झण्डा देखाउँदै पोखरेलको आगमनको विरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो ।

केही पूर्व माओवादीका कार्यकर्ताले आक्रमण प्रयास गरेपनि प्रहरीले तितरवितर बनाएको उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले बताए । ढुंगा प्रहारबाट गल्छी स्याफु्रबेसी सडक आयोजनाका प्रमुख चढेको गाडी क्षतिग्रस्त भएको छ । विरोध प्रदर्शनमा सहभागी प्रचण्ड-माधव पक्षधर नेकपा जिल्ला नेता उषाकिरण तिम्सिनाले उपप्रधानमन्त्री पोखरेलविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने क्रममा ओली पक्षका कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेपछि तोडफोड भएको बताएकी छन् । उनका अनुसार प्रहरीले लाठीचार्ज गरेपछि झडप हुँदा गाडी तोडफोड भएको हो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह