विप्लवको पार्टीमा काण्डै-काण्ड, कमाण्ड नै गाएव



हाम्रो इकोनोमि

 

 

सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा पनि पार्टी संगठनको एक महत्वपूर्ण संरचना खारेज भएको छ ।  जसले पार्टी पंक्तिमा हलचल उत्पन्न भएको छ ।  रोल्पामा सम्पन्न महाधिवेशनपछि विप्लव नेतृत्वको दलले कमाण्ड संरचना खडा गरेको थियो । देशलाई  ४ भागमा विभाजन गरेर मध्य, पूर्वी, पश्चिम र सुदूरपश्चिम कमाण्ड स्थापना गरिएको थियो ।

उपत्यका र यस आसपासको क्षेत्र हेर्नेगरी खडा गरिएको मध्य कमाण्डको नेतृत्व सुरुमा हेमन्तप्रकाश वली ‘सुदर्शन’ ले गरेकोमा उनी पक्राउपछि खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को जिम्मा लगाइएको थियो । पूर्वीमा सन्तोष बुढामगर, मध्य पश्चिममा विप्लवका दाजु वीरजंग र सुदूरपश्चिम कमाण्डलाई धर्मेन्द्र बास्तोलाले नेतृत्व गर्दै आएका थिए । तर यी कमाण्ड संरचनालाई हालै सम्पन्न विप्लवको केन्द्रीय कमिटी बैठकले विघटन गरिदिएको विप्लवनिकट स्रोतले  जनाएको छ ।

पार्टीलाई गति दिने उद्देश्यले विप्लवले कमाण्ड संरचना खडा गरेका थिए । यसको गठन पछाडिको उद्देश्य खासगरी, ब्युरो र जिल्लालाई गतिशील बनाउनु थियो । प्रारम्भमा कमाण्ड संरचनाले विप्लवको पार्टीलाई उद्देश्य अनुसार हिँडाएको बताइन्छ । तर पछिल्लो समय कमाण्ड संरचना त्यसबाट बिमुख भएर बिचलित भएको निष्कर्ष विप्लवलगायतको छ । स्रोतका अनुसार, सबैजसो कमाण्ड संरचनाप्रति विप्लव असन्तुष्ट थिएनन् । केहीले उद्देश्यअनुसार काम गरेको उनीलगायतको निष्कर्ष थियो । तर प्रकाण्डले नेतृत्व गरेको मध्यकमाण्डको काम–कारबाहीप्रति भने विप्लव र पार्टी पंक्ति तीव्र असन्तुष्ट थियो । मध्यकमाण्ड अर्थवादमा फसेपछि सिंगो कमाण्ड संरचना नै विघटन गर्ने निर्णय पार्टीले लिएको विप्लवका एक केन्द्रीय नेताले बताए । कमाण्ड संरचना विघटनपछि अब त्यसभन्दा मुनि रहेको ब्युरो कमिटीले स्वतन्त्र ढंगले काम गर्न पाउने भएको छ ।

 

मध्यकमाण्डका कुन नेताले कति हिनामिना गरे भन्ने विषयबारे भने विप्लवकाृ दलले गुपचुप राखेको छ । ‘पार्टीलाई बदनाम गर्दै आर्थिक हिनामिना गरेको भेटिएपछि विप्लव समूहको हालै सम्पन्न केन्द्रीय समिति बैठकले सबै कमाण्ड संरचना नै खारेज गरिदिएको छ,’ स्रोतले भन्यो, ‘तर यो कमाण्डले कति रकम हिनामिना ग¥यो भन्नेबारे भने गुपचुप राखिएको छ ।’  प्रकाण्डले नेतृत्व गरेको कमाण्डमाथि नै आर्थिक हिनामिनाको बात् लाग्नु र संरचना नै खारेजको घटना भएपछि मतान्तर उत्पन्न भएको छ । तर विप्लवका एक नेता केन्द्रीय कमिटीले नै कमाण्ड संरचना खारेजीको निर्णय गरेकाले यसको खासै प्रभाव नदेखिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...