प्रधानमन्त्रीले आज ढल्केबरमा ४०० केभी प्रसारण लाइनको उद्घाटन गर्ने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र सिरहा आउने भएका छन् । धनुषाको ढल्केवरमा विद्युत सव–स्टेशन उद्घाटन र सिरहामा स्वर्गीय हेमनारायण यादवको स्मृति दिवस मनाउन प्रधानमन्त्री तराई आउन लागेका हुन् ।

ढल्केवरमा चार सय केभीए क्षमताको विद्युत सव स्टेशन निर्माण पूरा भइसकेको छ । आज विहान ११ बजे उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटनका लागि प्रधानमन्त्रीसँगै उर्जामन्त्री टोपबहादुर रायमाझी पनि हेलिकप्टरबाट आउने बताइएको छ ।

यस्तै सिरहा सदरमुकाममा कम्युनिस्ट नेता स्वर्गीय हेमनारायण यादवको १७ औं स्मृति दिवस मनाइँदैछ । पूर्व सांसद यादवको हत्याको १७ वर्ष वित्दा धेरैपल्ट कम्युनिस्ट सरकार बने पनि हत्यारालाई कानूनी दायरामा ल्याउन सकिएको छैन ।

हत्यारालाई कारबाही नभएको भन्दै उनका छोरा डा नवीनले पटक-पटक कम्युनिस्ट पार्टी परित्याग गरे । तर पछिल्लो समय नेकपा ओली समूहमा लागेका छन् ।

यादवको स्मृति दिवसको अवसरमा नेकपाले सिरहा क्याम्पस परिसरमा सभाको आयोजना गरेको छ । सभामा प्रधानमन्त्री ओली, उर्जामन्त्री रायमाझी, मन्त्रीहरु लीलानाथ श्रेष्ठ, प्रभु साह र जुली महतो समेत सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...