ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्छन् : सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्ने दाबी गरेका छन्।

आइतबार माइतीघर मण्डलामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको धर्नालाई सम्बोधन गर्दै पाण्डले यस्तो भने, ‘यही २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्दैछ । ओलीले यो गर्न सक्छन्।’विभाजित नेकपाको ओली पक्षले २३ माघमा काठमाडौंमा वृहत आमसभाको तयारी गर्दै गर्दा पाण्डेले यस्तो बताएका हुन् ।

ओलीको कदमले दक्षिणपन्थी खुशी भएको र २३ गतेको आमसभामा राजावादीहरू सहभागी उनको दाबी छ । ‘ओलीको कदमले दक्षिणपन्थी खुशी भएका छन्,’ पाण्डेले भने, ‘उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै छन् । हिजो ऋषि देवकोटा ‘आजाद’ को हत्या गर्नेहरु नै ओलीको प्रशंसा गरिरहेका छन् । मैले सुनेको हुँ, २३ गतेको कार्यक्रममा राजावादीहरू पनि उर्दी जारी गरेर सहभागी हुँदैछन् ।’

ओलीले झ्यालको बाटो छाडी भीरको बाटो हिँडेर प्रतिनिधिसभा विघटन गरेको पाण्डेको टिप्पणी छ । उनले ओली अब कम्युनिष्ट नरहेको र धर्मका कुरा गरेर जनतालाई भुलाउन खोजेको आरोप लगाए।

‘हिजोमात्रै ओलीले राममन्दीर बनाउने घोषणा गरे । ओली अब कम्युनिष्ट रहेनन् । केपी ओली पूजापाठतिर लागेका छन् । ओली नयाँ मठाधिश बनेर, धर्मका कुरा गरेर जनतालाई अल्मल्याउन कोसिस गरेका छन् ।’ ओलीको यो कदमले देशको सार्वभौमिकतामाथि चुनौती थपिएको पाण्डेले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...