संसद बोलाएर दुई तिहाईले प्रधानमन्त्रीलाई कारबाही गर्ने प्रचण्डको चेतावनी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदन बोलाएर भएपनि कारबाही गर्ने चेतावनी दिएका छन् । उनले धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अदालतमा मुद्दा विचाराधीन भएकाले मात्र रोकिएको बताए ।

अदालतमा मुद्दा हुँदैनथ्यो भने सदन बोलाउँथ्यौं । केपी ओलीलाई संसद बोलाएर कारबाही गर्ने तागत हामीसँग छ, प्रचण्डले भने, ‘सभामुखले दुई तिहाईको संसद बोलाउने र राष्ट्रघातका लागि कारबाही गर्ने अधिकार राख्छ ।’ ओलीले सेटिङबाट संसद विघटन गरेको प्रचण्डको टिप्पणी थियो । अदालतले संविधान हेरेर निर्णय गर्ने आशा व्यक्त गरे । प्रचण्डले अदालतले संविधान हेरेर फैसला गर्दा संसद विघटनको विपक्षमा आएमा सभामुखमार्फत् सदन बोलाउने संकेतका रुपमा पछिल्लो भनाईलाई लिइएको छ ।

प्रचण्डले संसद नमरेको र संविधानले विघटनको अधिकार ओलीलाई नदिएको तर्क गरे । उनले भने, ‘संसद मरेको छैन । हामी मरेका छैनौं । केपी ओलीले संसद सिध्धियो भन्ने अधिकार पनि छैन । संविधानले विघटन गरेको पनि छैन ।’ ओलीको कदमलाई चुपचाप नहसने बताए । उनले भने, ‘के ठानेको तानाशाह चुपचाप सहन्छौं ?’

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...