गगन थापाहरू ‘छट्टु कांग्रेस’: महेश बस्नेत



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेसका नेताका नेता गगन थापालाई ‘छट्टु कांग्रेस’को संज्ञा दिएका छन् । नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले गगन थापा र रामचन्द्र पौडेलहरू निर्वाचननै नगरेर सत्तामा जाने खेलमा लागेको आरोप लगाए । उनले गगन र रामचन्द्रलाई निर्वाचनबाट प्रतिस्पर्धा गरेर जितेर आउन चुनौति दिएका छन् ।

‘कांग्रेसभित्र ‘लड्डु कांग्रेस’ र छट्टु कांग्रेस भनेर प्रचार गरिएको छ । कांग्रेस निर्वाचनमा जाने मनस्थितिमा देख्छु’, नेकपाका नेता बस्नेतले भने, ‘निर्वाचनमा नजाने रामचन्द्रजी, गगनजीले लड्डु कांग्रेसको ब्याख्या गर्दै निर्वाचन नजितिकन पुनःस्थापना गरेरै आफू सत्तामा जाने र कांग्रेसभित्रको महाधिवेशनबाट पार्टी कब्जा गर्ने मनसायबाट उहाँहरू रहेको बुझिन्छ ।’

कांग्रेसका नेता थापाप्रति सधैँ आलोचक रहँदै आएका नेकपाका नेता बस्नेतले ‘गगन थापा र रामचन्द्र पौडेल समूह’लाई छट्टु कांग्रेसको बिल्ला भिराइदिएका छन् । नेता थापाले पनि नेकपाका नेता बस्नेतविरुद्ध कठोर आलोचना गर्ने गरेका छन् ।नेकपाका नेता बस्नेतले मुलुक निर्वाचनमा गइसकेको बताएका छन् । ‘सर्वोच्च अदालतले एउटा फैसला दिन्छ । सबै शक्तिहरू सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्’, उनले भने, ‘सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला दियो भने निर्वाचनको माहोल बनिहाल्छ ।’

‘निर्वाचन आयोगले दल दर्ता प्रक्रिया शुरु गर्छ’, नेकपाका नेता बस्नेतले भने, ‘आवधिक रुपमा मतदाताहरूलाई अपडेट गर्ने काम गरिसकेको छ ।’ नेता बस्नेतले नेकपालाई प्रचण्ड र माधव नेपालले फुटाएको आरोप लगाए । उनले प्रचण्ड–माधव समूहरूलाई कार्यकर्ताले दण्ड दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...