केपी अ‍ोलीले ममाथि अत्याचार गरे : प्रचण्ड



हाम्रो इकोनोमि

 

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीबाट आफूमाथि अत्याचार भएको भन्दै जनतासमक्ष न्याय मागेका छन् । विराटनगरमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले आफ्ना सन्तानको प्रसंग निकालेर हुर्मत लिइरहेको बताए ।

सभालाई सम्बोधन गर्दै प्रचण्डले भने– आदरणीय जनसमुदाय, मलाई न्याय चाहियो । केपी अ‍ोलीले ममाथि अत्याचार गर्न खोजे, म न्याय चाहन्छु । जसले त्याग र बलिदानको इतिहास बनायो, त्यसैलाई अपमानित गर्ने, हुमर्त लिने काम भइरहेको छ।प्रधानमन्त्री ओलीप्रति तीव्र आक्रोशमा देखिएका प्रचण्डले आफ्ना छोराछोरीले गणतन्त्रको लागि बन्दुक बोकेको तर आज ओलीले अपमानित गरेको बताए । उनले ओलीले आफ्नो विरोध गरेर राजा–महाराजा र तीनका भरौटेहरुलाई साथ दिएको आरोप लगाए ।प्रचण्डले भने– म निसन्तान भइनँ, म नपुंशक भइनँ के मेरो दोष हो ? केपी अ‍ोलीका छोराछोरी छैनन् तर उनले कलंकको टीका लाए । छोराछोरी छैनन् भन्दै धर्म सन्तानलाई लुटाउने केपी ओली ठीक हुन् ?

प्रचण्डले प्रतिनिधिसभा भंग गरेको कुरालाई आफूहरुले स्वीकार नगरेको भन्दै सभामुखले संसद बैठक बोलाएर केपी ओलीलाई कारवाही गर्ने बताए । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर नगरे त्यो विकल्प नेपाली जनतासँग रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...