माधव नेपालले बेचेको बालुवाटारको जग्गामा शहीद स्मारक बनाउने तयारी



हाम्रो इकोनोमि

 

पुर्व प्रधानमन्त्री माधव नेपालले बेचेको बालुवाटारको बहुचर्चित ललिता निवासको करीव १५७ रोपनी जमिनमा शहीद स्मारक बनाउे भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको उत्त जमिनमा शहीद स्मारक बनाउने संकेत गरेका छन् । शहीद दिवसको अवसरमा लैनचौरको शहीद स्मारकमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यस्तो संकेत दिएका हुन् । प्रधानमन्त्रीले हालको शहीद स्मकार साह्रै सानो भएको र विदेशी पाहुन आउँदा श्रद्धाञ्‍जली दिन पनि अप्ठेरो तथा सर्वसाधारणलाई पनि एकैपटक आउन नमिल्ने भएकाले फराकिलो ठाएँमा शहीद स्मारक बनाउने बताए ।

प्रधानमन्त्रीले भने, ‘स्मारकका लागि यो ठाउँ साह्रै सानो भयो । त्यसकारण तुरुन्तै एउटा विदेशी पाहुनाहरु आउँदा पनि सजिलोसँग गएर श्रद्धाञ्जली अर्पण गर्न सकिने गरी प्रशस्त पार्किङ पनि भएको ठाउँ, हुनसक्छ प्रधानमन्त्री निवास नजिककैको बालुवाटारकै जमिन होस् वा यस्तै जो अलि फराकिलो छ त्यहाँ शहीद स्मारक बनाउँछौं ।’ प्रधानमन्त्रीले त्यस्तो स्मारक एक वर्षभित्रै बनाउन सकिने बताए ।

ओली प्रधानमन्त्री भएपछि सो सरकारी जग्गा व्यक्तिको नाममा लगिएको प्रकरणको छानविन गरी सरकारको नाममा फिर्ता ल्याएका थिए । हाल सो जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन पदाधिकारी र व्यक्तिहरुमाथि विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...