संसद आयो भने पनि ओलीनै प्रधानमन्त्रीः शेरबहादुर केसी



हाम्रो इकोनोमि

 

 

नेपाल वार एसोसिएसनका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले गृहमन्त्री रामबहादुर थापाले वैशाखमा निर्वाचन हुँदैन भनेर दिएको अभिव्यक्तिले देशमा ठूलो संकट आउने देखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता केसीले वैशाखमा चुनाव हुन नसके समस्या आउने बताए । उनले भने, ‘गृह मन्त्रीले नै वैशाखमा निर्वाचन हुँदैन भनेको मैले समाचारमा सुनेको छु । यदि त्यस्तो हो भने मुलुकमा झन् समस्या आउनेछ ।’ चुनाव हुन सकने भने देशमा अराजकता निम्तिने वरिष्ठ अधिवक्ता केसीको चेतावनी छ । उनले वैशाखपछि संविधानको अन्त्य हुने बताएका छन् । अबको चार महिनामा कुनै पनि हालतमा चुनाव हुन नसक्ने केसीले बताएका छन् ।

उनले सर्वोच्च अदालतले संवैधानिक व्यवस्थानुसार संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय खारेज गरिदिने दाबी गरेका छन् । प्रधानमन्त्रीले अधिकारनै नभएको व्यवस्था प्रयोग गरेर संसद भङ्ग गरेको उनको भनाइ छ ।

‘केपी ओलीजीले गैरसंवैधानिक काम गर्नुभएको छ । अदालतले ओलीजीको कदम खारेज गरिदिनेछ’, उनले भने, ‘संसद आउनेछ । संसद आयो भने पनि ओलीनै प्रधानमन्त्री हुनुहुन्छ । पछि संसदले कसलाई प्रधानमन्त्री बनाउँछ त्यो पछिको कुरा हो ।’ ओलीलाई संविधानले पाँच वर्षका लागि नै प्रधानमन्त्री बन्ने अधिकार दिएको उनले बताए । बारका पूर्वअध्यक्ष केसीले संसदको गरिमा राख्नुपर्ने बताएका छन् । उनले मनमोहन अधिकारीको पालामा विघटन भएको संसद फर्किएको समेत उल्लेख गरेका छन् ।

‘विघटन भएको संसद मनमोहन अधिकारीको पालामा फर्कियो’, उनले भने, ‘गिरिजाप्रसाद कोइरालाको धन्यावादको प्रस्ताव फेल भएको थियो । संसदीय दलबाट निर्णय गराएर संसद विघटन गर्नुभएको थियो । त्यस बेला संसद भङ्ग गर्ने अधिकार थियो । कांग्रेसले संसद भङ्ग गरेको परिणती भोग्यो ।’ संसद विघटनका विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेका बेला बारका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता केसीले न्यायालयले संसद फर्काइदिने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...