निर्वाचन आयोगले नेकपा र सुर्य चिन्ह केपी ओलीलाई दियो, दल दर्ता गर्दै प्रचण्ड गुट



हाम्रो इकोनोमि

 

संविधानसभा अध्यक्ष तथा नेकपाका नेता सुवास नेम्वाङले नेकपाको आधिकारिता सम्बन्धी विवाद निर्वाचन आयोगले टुंगो लगाइसकेकाले अब चुनावी प्रक्रिया शुरु भएको दाबी गरेका छन् । निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता तथा अन्य तयारीका बारेमा छलफल गर्न बोलाइसकेको भन्दै नेम्वाङले अब नेकपाको कुन पक्ष आधिकारिक भन्ने कानुनी विवादनै नरहेको दाबी गरे ।

नेम्वाङले भने, ‘आधिकारिकताको कुरा अब सकियो । हाम्रा केही साथीभाइहरु मनमनै आत्तिएर के बोल्दै हिड्नुभएको छ । तर नेकपा विभाजन भएको छैन भन्ने हाम्रो मान्यता नै आयोगले स्थापित गरिदिएको छ । अब केपी ओलीको आधिकारिक हस्ताक्षरसहित नेकपा दल दर्ता हुन्छ ।’ नेम्वाङले निर्वाचन आयोगले आज नेकपाका दुवै पक्षलाई पार्टी विवादको सन्दर्भमा छलफल गर्न नबोलाएको प्रष्ट पारे । विवादको टुंगो लागि सकेको भन्दै उनले संविधान र कानुनको दफा तोकेर आयोगले निर्वाचन तयारीका लागि छलफलका लागि बोलाएको उनको भनाइ छ ।

नेम्वाङले भने, ‘हाम्रा साथीभाइ ४४१ जनालाई आयोगले मान्यता दियो अब हामी नै हौं भन्दै हिड्नुभएको छ । आयोगले त केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टीलाईनै मान्यता दिएको हो । अब उहाँहरुलाई चित्त नबुझे अर्को दल गर्न जान सक्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...