प्रचण्ड जंगल बसेका होइनन्, कार्यकर्ता र लडाकु मात्रै बसेका हुन् : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड युद्धमा प्रत्यक्ष सहभागी नभएको बताएका छन् । बिहीबार काठमडौँ मजदूर संगठनको भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड आफू युद्धको बेलामा जंगल नबसेको बताएका छन् । जनताका छोराछोरी जंगल बसेको तर प्रचण्ड भारतमा बसेको आलीले आरोप लगाएका छन् ।

सबै किसिमका मजदुर र आवश्यकता भएकाहरुको लागि सरकार रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले घरबेटीका लागि समाजवाद ल्याइदिएको बताए । त्यस्तै, प्रचण्डलाई परिवारवाद र आफन्तका लागि मरिहत्ते गर्ने टिप्पणी गरे । प्रचण्डले सिरहामा पनि बत्ती निभाएर चुनाव जितेको प्रधानमन्त्री ओलीको आरोप थियो ।

ओलीले प्रचण्डलाई चटकेको संज्ञा दिँदै भने, ‘श्रमिक मजदुरलाई आफ्नो स्वार्थका लागि उहाँहरूले प्रयोग गर्नुभयो, न कहिले आफू जंगल बस्नुभयो’ ओलीले भने, ‘उहाँ जी हिजो कहाँ बस्नु भएको हो ? जंगलमा त न हिजो बस्नु भएको थियो न आज नै बसेको हो । उहाँ त दिल्ली, नोयडा र लखनउमा लुकेर बसेको हो नि ! कार्यकर्ता र लडाकु मात्रै जंगलमा बसेका हुन् ।’ त्यस्तै, वि.संस २०७४ सालको चुनावमा पनि आफूहरुले चितवनबाट प्रचण्डलाई चुनाव जिताएको प्रधानमन्त्री ओलीले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...