प्रचण्ड जंगल बसेका होइनन्, कार्यकर्ता र लडाकु मात्रै बसेका हुन् : प्रधानमन्त्री ओली



 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड युद्धमा प्रत्यक्ष सहभागी नभएको बताएका छन् । बिहीबार काठमडौँ मजदूर संगठनको भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड आफू युद्धको बेलामा जंगल नबसेको बताएका छन् । जनताका छोराछोरी जंगल बसेको तर प्रचण्ड भारतमा बसेको आलीले आरोप लगाएका छन् ।

सबै किसिमका मजदुर र आवश्यकता भएकाहरुको लागि सरकार रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले घरबेटीका लागि समाजवाद ल्याइदिएको बताए । त्यस्तै, प्रचण्डलाई परिवारवाद र आफन्तका लागि मरिहत्ते गर्ने टिप्पणी गरे । प्रचण्डले सिरहामा पनि बत्ती निभाएर चुनाव जितेको प्रधानमन्त्री ओलीको आरोप थियो ।

ओलीले प्रचण्डलाई चटकेको संज्ञा दिँदै भने, ‘श्रमिक मजदुरलाई आफ्नो स्वार्थका लागि उहाँहरूले प्रयोग गर्नुभयो, न कहिले आफू जंगल बस्नुभयो’ ओलीले भने, ‘उहाँ जी हिजो कहाँ बस्नु भएको हो ? जंगलमा त न हिजो बस्नु भएको थियो न आज नै बसेको हो । उहाँ त दिल्ली, नोयडा र लखनउमा लुकेर बसेको हो नि ! कार्यकर्ता र लडाकु मात्रै जंगलमा बसेका हुन् ।’ त्यस्तै, वि.संस २०७४ सालको चुनावमा पनि आफूहरुले चितवनबाट प्रचण्डलाई चुनाव जिताएको प्रधानमन्त्री ओलीले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
पाँच हजार मेगावाट पीपीए गर्दै विद्युत् प्राधिकरण

    नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता

हारेकाले अर्को संगठन बनाउँदैमा एनआरएनए विभाजित हुँदैन : प्रधानमन्त्री

    गैर आवासीय नेपाली संघ विभाजन गर्ने शेष घले र महेश श्रेष्ठलगायतको

राष्ट्र बैंकमा ३ खर्ब ३५ अर्ब थुप्रियो, व्यवस्थापन गर्न सकस

    वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन

नबिल प्रिमियम रेमिटेन्स बचत खाता वैदेशिक रोजगार श्रमीककालागी साथी

    विदेशमा कामगर्न गएका र श्रम स्वकिृत लिएर बसेको रोजगारीका लागी विदेश