नेकपाका दुवै समूहलाई निर्वाचन आयोगले बोलायो



हाम्रो इकोनोमि

 

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै समूहलाई छलफलका लागि बोलाएको छ । ओली र प्रचण्ड–नेपाल समूहलाई छुट्टाछुट्टै पत्र लेखि चुनावसम्बन्धी छलफलका लागि आयोगले बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे बोलाइएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । दुवै समूहका अध्यक्ष र अध्यक्षले तोकेका चुनाव हेर्ने आधिकारिक व्यक्तिसहित पाँच/पाँच जनालाई छलफलका लागि आउन आयोगले भनेको छ । नेकपा विवादको सन्दर्भ र चुनावका विषयमा छलफल हुने आयोगको भनाइ छ ।

आउँदो वैशाखका लागि घोषणा भएको चुनाव प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्ने समय नजिकिएकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि नेकपाको दुई वटै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै आयोगमा निवेदन दिएका थिए । निवेदनमाथि निर्णय गर्दै आयोगले दुवै पक्षको दाबी नपुग्ने निष्कर्ष निकालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...