नेकपाका दुवै समूहलाई निर्वाचन आयोगले बोलायो



हाम्रो इकोनोमि

 

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै समूहलाई छलफलका लागि बोलाएको छ । ओली र प्रचण्ड–नेपाल समूहलाई छुट्टाछुट्टै पत्र लेखि चुनावसम्बन्धी छलफलका लागि आयोगले बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे बोलाइएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । दुवै समूहका अध्यक्ष र अध्यक्षले तोकेका चुनाव हेर्ने आधिकारिक व्यक्तिसहित पाँच/पाँच जनालाई छलफलका लागि आउन आयोगले भनेको छ । नेकपा विवादको सन्दर्भ र चुनावका विषयमा छलफल हुने आयोगको भनाइ छ ।

आउँदो वैशाखका लागि घोषणा भएको चुनाव प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्ने समय नजिकिएकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि नेकपाको दुई वटै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै आयोगमा निवेदन दिएका थिए । निवेदनमाथि निर्णय गर्दै आयोगले दुवै पक्षको दाबी नपुग्ने निष्कर्ष निकालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...