ओलीको पशुपतिनाथको पूजा ठिक कि, प्रचण्डको भैँसीपूजा ?



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पशुपतिनाथ मन्दिरको पूजा र भैँसी पूजामा फरक रहेको बताएका छन् । सल्लाहकार थापाले बिहीबार फेसबुकमा स्टाटस लेखेर प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा गरेको पूजाको प्रशंसा भएको बताएका छन् । केही दिनअघि प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गरेको विषय सर्वत्र प्रशंसा भएको थापाले बताएका छन् । कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले माघ १२ गते बिहान पशुपतिनाथ मन्दिरमा संकल्प पूजा गरेका थिए । सल्लाहकार थापाले पशुपतिनाथमा पूजाआजाका लागि पुगेका प्रधानमन्त्री ओली र भैंसी पूजा गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’का बेग्लाबेग्लै तस्बिर फेसबुकमा राखेर पशुपतिनाथमा पूजाआजा गरेजस्तो भैंसी पूजा स्वभाविक मानिँदैन भनेका छन् ।

‘प्रधानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीले माघ १२ गते बिहान ८ः३० बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माण कार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयो,’ उनले लेखेका छन् । सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो’, थापाले भनेका छन् ।

थापाले पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको बताएका छन् । उनले भने, ‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।’ थापाले राखेको दोस्रो तस्बिर प्रचण्डको छ । ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि नेपकपामा प्रचण्ड–माधव समूह बनाएर प्रचण्ड विरोधका कार्यक्रम गरिरहेका छन् ।

‘पुष्पकमल दाहाल प्रचण्डले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो। भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिँदैन’, थापाले भने, ‘बुझ्ने आ–आफ्नै स्तर हुन्छ । फरकचाहिँ यत्ति हो !’ तत्कालीन माओवादीका अध्यक्ष हुँदा २०६६ माघ २९ मा भैंसी पूजा गरेको भन्दै प्रचण्डको आलोचना भएको थियो । त्यसबेला उनले ग्रह शान्तिका लागि भन्दै भैंसी पूजा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...