चित्त नबुझे प्रचण्डले अर्को पार्टी दर्ता गरे हुन्छ – ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सूर्य चिह्न केपी अ‍ोलीले नेतृत्व गरेको मूल नेकपासँगै रहने बताएका छन् । निर्वाचन आयोगको निर्णयपछि सूर्य चिह्नको विवाद सकिएको भन्दै पोखरेलले प्रचण्डलाई चित्त नबुझे अर्को दल दर्ता गर्न सक्ने बताए । उदयपुर कटारीमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै पोखरेलले भने– ‘निर्वाचन आयोगले अध्यक्ष र महासचिब चिन्ने हो, चित्त नबुझे अलग भएर जुन पार्टी र जुन चुनाव चिन्ह लिए पनि हुन्छ ।’ पोखरेलले महाधिवेशनसम्म सहमतिमै जाने निर्णय भएकाले सहमति विपरित वहुमत र अल्पमतको धमास दिएर प्रचण्ड र माधव नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाए ।

उनले निर्वाचन आयोगको फैसला नेकपाको फुटविरुद्ध रहेकाले प्रधानमन्त्रीमाथिको आरोपपत्र फिर्ता लिएर निर्वाचनमा सहभागी भए प्रचण्ड माधव नेपाललाई साथमै लैजान सकिने बताए । उपप्रधानमन्त्री पोखरेलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको उचित व्यवस्थापन वर्तमान सरकारको प्रमुख कार्यभार रहेको समेत बताए । देखि जग्गा भोगचलन गर्दै आएपनि लालपुर्जा नपाएर सुकुम्बासी जीवन व्यतीत् गर्दै आएका सबै नेपालीलाई लालपुर्जा हातहातमा पुर्‍याउने लक्ष्य सरकारको रहेको उनले बताए । पोखरेलले भने- ‘अव कोही नेपाली लालपूर्जा नपाएर बस्नु पर्ने छैन्, सधाका लागि समाधान हुने गरी कानून कार्यविधी तयार पारी अधिकार सम्पन्न आयोग गठन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...