विकासमा नाममा वन विनास गर्न दिन्न : मन्त्री आले



 

 

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वन विनास गर्न कसैलाई पनि नदिइने बताउनु भएको छ । वन मन्त्रालयमा आयोजित वन तथा वातावरणको क्षेत्रमा समाचार लेख्ने पत्रकारहरु सँगको पहिलो भेटघाट कार्यक्रममा मन्त्री आलेले विकासका नाममा वन क्षेत्रको विनास गर्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा वन क्षेत्रमा भएगरेका सबै काम कुराको समिक्षा हुँदै छ, वन विकासको नाममा भएका गलत कृयाकलापहरुलाई पूर्ण रुपमा रोक लगाउने छु ।” आफु वन जोगाउन तथा गलत गर्नेलाई कारवाहि गर्न मन्त्रालयमा आएकाले आफु मन्त्रालयमा हुँदा सम्म कुनै किसिमका गलत कृयाकलाप हुँन नदिने समेत मन्त्री आलेले बचन बद्धता दिनुभयो ।

 

पत्रकार भेटघाटका क्रममा पत्रकारहरुले वैज्ञानिक वनका नाममा जथाभाबी रुख कटान भएको भन्ने पश्नको जवाफ दिनु हुँदै मन्त्री आलेले हरियो वन नेपालको धन भएकाले वन जोगाउनका लागि आफुले सबै प्रयास जारी राख्ने बताउनुभयो । “वैज्ञानिक वनका विषयमा के गर्ने भन्ने छलफल हुँदै छ”, उहाँले थप भन्नुभयो, “वैज्ञानिक वन खोरेजी हुने अवस्थामा छ, त्यसको सट्टामा दिगो वन व्यवस्थापन लागु हुने छ ।” वन तथा वातावरण मन्त्रालयले रुख जोगाउनका लागि बिभिन्न नयाँ कार्यक्रमहरु ल्याउदै गरेको उक्त कार्यक्रममा मन्त्री आलेले जानकारी समेत दिनुभयो । आफ्नो कार्यकालमा वनमा हुने गलत कामहरु सबै बन्द हुने समेत उहाँले दाबी समेत गर्नु भयो । वन विकास गर्ने भन्दै विनास गर्ने छुट कसैलाइ पनि नभएको उहाँको भनाइ थियो ।

मन्त्री आलेले वाराको निजगढ विमानस्थल निर्माणको विषयमा उठेका समस्याहरु पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा छलफल भइरहेकाले चाडो समस्या समाधान हुनेमा आफु बिस्वस्थ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजगढ विमानस्थल निर्माणका लागि बाहिर हल्लामा आएजस्तो लाखौँ रुख काटिने होइन, केही रुखहरु काटिने भएकाले हामीले अध्यन तथा छलफलमै छौँ, चाडो निकास निस्किन्छ ।” पत्रकार भेटघाटका क्रममा मन्त्री आलेले पत्रकार जगत भनेको राज्यको चौथौँ अङ्ग तथा पत्रकारले लेखेका समाचार सबैले हेर्ने तथा विश्वास गर्ने भएकाले पत्रकार साथीहरुले संयमित भएर सत्ते तत्थ्य र विश्वसनिय समाचार मात्रै सम्प्रेषण गर्न पनि आग्रह गर्नु भयो । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा

गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन

आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको