माइतीघरमा प्रचण्ड-माधव पक्षको धर्ना



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले बुधबार माइतीघरमा धर्ना दिएको छ । धर्नामा विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यहरू सहभागी थिए । नेकपा प्रचण्ड-माधव पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य पम्फा भुसालले असंवैधानिकरुपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको बताइन् ।

संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाइ थियो । विघटित प्रतिनिधिसभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा धर्ना बस्नुपर्ने आवश्यकता रहेको बताए ।

‘संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेका हौं’, गजुरलेलले भने । नेकपा प्रचण्ड(माधव पक्षले प्रतिनिधि सभा विघटनको बिरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । बुधबारदेखि शुरु भएको धर्ना शनिबारबाहेक माघ २१ सम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...