ओलीलाई साथ दिन यान्छीको प्रचण्डमाथी दवाव



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भएपछि सबैभन्दा धेरै तनाबमा परेका चीनले नेपालस्थित राजदूत होउ यान्छी र चिनियाँ सम्पर्क सूत्रहरूलाई निरन्तर सक्रिय बनाएको छ ।

नेपालका चिनियाँ राजदूत यान्छीले बुधबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेकी छिन् । दाहालसँग भेट गर्न राजदूत यान्छी बिहान साढे ९ बजे खुमलटार पुगेकी थिइन् । नेकपाका दोस्रो र पहिलो वरीयताका नेताहरूलाई गोप्य रुपमा भेटेर नेकपा मिलाउन हर्कत गर्दै आएकी यान्छीले दाहाललाई भेट गरेकी छिन् ।अध्यक्ष दाहाल र राजदूत यान्छीबीच ०९ः३५ देखि १०ः३० बजेसम्म भेटवार्ता भएको उच्च सुरक्षा स्रोतले दाबी गरेको छ ।

भेटमा राजदूत यान्छीले नेकपालाई मिलाएर लैजान दाहाललाई दवाव दिएकी छिन् । उनले प्रधानमन्त्री केपी ओलीलाई नै साथ दिन दाहाललाई दवाव दिएकी छिन् ।स्रोतका अनुसार राजदूत यान्छीले सकेसम्म दुबै नेकपालाई मिलाउन सुझाव दिएकी छिन् । पार्टीनै मिल्ने अवस्था नभएमा ओलीलाई साथ दिएर संसद पुनःस्थापना गर्न दवाव दिएको स्रोतको भनाइ छ ।

दाहालसँगको भेटमा राजदूत यान्छीले निर्वाचन आयोगले पनि नेकपा मिलोस् भनेर मध्यमार्गी निर्णय गरेको भन्दै कम्युनिस्टहरूभित्रको एकतालाई मिलाएर जाने सुनौलो मौका रहेको सुझाव दिएकी छिन् । नेकपा विभाजन भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले उच्चस्तरीय टोली पठाएर नेकपाका उच्च नेताहरूसँग भेट गरि नेकपा मिलाउन दवाव दिएका थिए ।नेकपाका नेता बामदेव गौतमले बुधबार ललितपुरमा नेकपालाई मिलाउनका लागि दवाव समूह घोषणा गर्दै छन् । चीनकै दवाव र ईशारामा गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लागेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...