माओवादीका पुर्व लडाकुहरु ओलीको नेकपामा आउने तयारी, नाम सहित



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि नेपाल कम्युनिष्ट पार्टी-ओली पक्ष)मा समाहित हुन सहमत भएका पूर्वलडाकु पार्टीमा पाउने स्थानबारे आन्तरिक छलफलमा जुटेका छन् । १० माघमा प्रधानमन्त्री ओलीसँगको छलफलपछि तत्कालीन माओवादीका लडाकुहरुको संगठन पूर्वजनमुक्ति सेना र बहिर्गमित बाल सैनिकको संगठनले ओली नेतृत्वको नेकपामा समाहित हुने अनौपचारिक सहमति जनाएका थिए ।

प्रधानमन्त्रीसँगको छलफलपछि दुवै संगठनका नेतृत्वकर्ता ओली नेतृत्वको पार्टीमा आफूहरुले पाउने स्थानकबारे छलफलमा जुटेका हुन् । उनीहरुबीच कसलाई कुन तहका लागि सिफारिस गर्ने भन्नेबारे दुईपटक छलफल भइसकेको छ ।प्रधानमन्त्रीसँग छलफल भएको भोलिपल्ट र सोमबार गरी दुईपटक उनीहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

पूर्वलडाकुको संयोजन गर्ने जिम्मेवारी पाएका केन्द्रीय सदस्य लिलबहादुर थापाका अनुसार कम्तिमा पनि १०/१५ जनालाई केन्द्रीय कमिटीमा पार्ने गरी छलफल भइरहेको छ । र, त्यो लगभग टुंगिइसकेको उनको भनाइ छ ।‘केन्द्रीय सदस्य कसलाई राख्ने, प्रदेशमा कसलाई राख्ने भन्ने विषय करिब–करिब टुंग्याएका छौं,’  थापाले भने, ‘मैले अधिकार पाएअनुसार त्यसलाई ‘सर्ट लिस्टिङ’ गरेर एक ठाउँमा जान्छ र अन्तिम निर्णय हुन्छ । त्यो निर्णय भएपछि केन्द्रीय सदस्यलाई अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउनुहुन्छ । सकेसम्म एकमुष्ट गराउनुहुन्छ ।’

ओली पक्षले केन्द्रीय कमिटीलाई विस्तार गर्दै महाधिवेशन आयोजक समितिका रुपमा १९ सय बनाउने निर्णय गरेको छ । त्यसमा करिब ४ सय सदस्य नियुक्त गर्न बाँकी नै छ । बाँकी स्थानमा पूर्व माओवादीबाट ओली पक्षमा लागेका रामबहादुृर थापा ‘बादल’, टोपबहादुर रायमाझी र पूर्वलडाकुका केहीलाई नियुक्त गर्ने ओली पक्षको तयारी छ । कम्तिमा एक हप्ताभित्र लडाकुहरूलाई केन्द्रीय कमिटीमा नियुक्त गरेर शपथ खुवाउने तयारी भइरहेको छ । बालुवाटारको तर्फबाट नेता सुवास नेम्वाङले नवआगन्तुकलाई भित्र्याउने कामको जिम्मेवारी पाएका छन् ।

माओवादीका पूर्व बालसैनिकको संयोजन भने लेनिन विष्टले गरिरहेका छन् । पूर्व लडाकुलक्षित केही कार्यक्रम सरकारबाट घोषित भइसकेको र थप ‘राजनीतिक सेटलेमेन्ट’को विषयलाई टुंग्याएपाछि पार्टी प्रवेशको टुंगो लाग्ने विष्टको भनाइ छ ।‘लोकतान्त्रिक योद्धा घोषणा गर्ने भनिएको छ, त्यो राम्रैै भयो,’ विष्ट भन्छन्, ‘घाइतेको उपचार गर्ने भनेको छ । त्यो पनि राम्रै हो । अन्य केही राजनीतिक ‘सेटलमेन्ट’ गर्ने भनेको छ, त्यो पनि राम्रै छ । त्यो टुंगिएपछि प्रवेशबारे सोचिन्छ ।’

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...