प्रचण्ड मेरा ४० वर्षदेखिका साथी : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

विभाजित नेकपा प्रचण्ड गुटका २ नम्बरी अध्यक्ष माधवकुमार नेपालले प्रचण्डसँग आफ्नो ४० वर्षदेखिकै सहकार्य रहेको बताएका छन् । मंगलबार पाँचथरमा आयोजित सभामा बोल्दै नेपालले भने, ‘ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता मात्र भएको भन्नुभएछ । १५ वर्ष पार्टी हाँकेको मान्छेलाई मामुली कार्यकर्ता भन्ने ?’ ‘प्रचण्डसँग ४० वर्ष पहिले मेरो भेट भएको थियो । म काठमाडौंको पार्टीको जिम्मेवार थिएँ । प्रचण्ड काठमाडौंको जिम्मेवार हुनुन्थ्यो । दुवैजना फरक-फरक पार्टीको तर्फबाट पञ्‍चायतविरोधी आन्दोलनमा जुटेका थियौं । केपीले प्रचण्डलाई देखेको पनि २०६३ सालमा हो, नेपालले भने, ‘होइन एक/दुई वर्ष पहिले हो भन्नु होला त्योभन्दा अलि अघि दिल्लीमा भेटेको त्यो पनि मैले नै लिएर गएको हो ।’

सुन्नुभएको होला भारतको सिलगुढी, लखनउ वार्ता यी सबै वार्तामा हाम्रो लामो सम्बन्ध भएको हो । यो सम्पूर्ण परिवर्तनको अगुवाइ गर्ने व्यक्ति आफूहरू भएको दाबी गर्दै नेपालले भने, ‘शान्तिप्रक्रियाको १२ बुँदे सहमतिमा हामीले नै सही गरेका छौं । त्यो कागज हेर्नुस् त अहिले एकातिर प्रचण्ड कामरेडको सही छ अर्कातिर मेरो र गिरिजाप्रसादको सही छ ‘, उनको भनाइ छ ।‘हेक्का होस् ६२/६३ सालको गणतन्त्रको आँधिबेहेरी सिर्जना गर्ने मान्छे यो माधव नेपाल हो । केपी जी त गणतन्त्र विरोधी । बयलगाडा चढेर वासिङटन जानुपर्छ भन्ने मान्छे । त्यसो हुनाले सायद कतिपय मान्छेले उहाँको चुनाव चिन्ह बयलगाडा नै ठीक हो भन्छन्’ नेपालले भने, ‘आँखा नलाउनु होला यो सूर्य चिन्ह हामीतिरै रहन्छ । बाहिर फैलिएका हल्लामा नपर्नु होला । सूर्य जता जान्छ हामी त्यतै जान्छु भन्नेलाई भन्दिनुस् सूर्य यतै छ जता नेपाल कम्युनिष्ट पार्टी छ ।’

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...