बेलैमा एमाले दर्ता गरेर ठिकै भएछ : महेश बस्नेत



हाम्रो इकोनोमि

 

माधव नेपाल र प्रचण्डलाई जेल हाल्न पनि खोज्नुभएको रहेछ नि ?

त्यो चाहिं उहाँहरूलाई ‘वनको बाघले होइन मनको बाघ’ ले खाएको जस्तो लाग्छ । कतै काम गर्ने दौरानमा गल्ती, कमजोरी गर्नुभएको छ भने मनको बाघले खाएको हुन सक्छ । केपी शर्मा ओलीले कुनै त्यस्तो योजना बनाउनुभएको भन्ने मलाई लाग्दैन ।

साविकको केन्द्रीय कमिटीमा पनि उहाँहरूको बहुमत पुग्दैन त ?

मेरो तर्क हो यो । किनभने हिजो महाधिवेशनबाट आएको कमिटी होइन । कुनै लोकतान्त्रिक विधि अनुसार वा अधिवेशन, सम्मेलन, भेलामार्फत अनुमोदित होइन । पार्टी एकताको बेला दुइटा अध्यक्षले (माधव कमरेडलाई समेत भाग दिएर) बाँडेको हो । त्यो आधारमा व्यक्तिसँग जोडिएका, व्यक्तिका पुच्छरहरूसमेत जोड्दाखेरी बहुमत पुग्छ भन्ने उहाँहरूको तर्क होला । जब पार्टी विभाजनको एउटा गम्भीर मोडमा हामी पुग्यौं, मलाई लाग्छ माधव–प्रचण्ड कमरेड तत्कालीन नेकपाको बहुमत ‘होल्ड’ गर्ने स्थितिबाट हट्दो अवस्थामा हुनुहुन्छ । जस्तो, एक नम्बर प्रदेश, वागमती प्रदेशमा परिस्थिति एक ढंगले विकास भइरहेका छन् । आन्तरिक रूपमा मैले धेरै घटनाक्रम विकास भइरहेको देख्छु ।

तपाईंहरूको चाहना भनेको सके सूर्य आफैं लिने, नसके ‘फ्रिज’ गराउने नै होइन त ?

सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाले नै प्राप्त गर्छ । प्रचण्डले पार्टीको नयाँ नाम र नयाँ चिन्ह लिएर जाने हो भने राजनीतिमा अझै इमानदारिता बाँकी रहेछ भन्ने देखिन्छ । उहाँले लोकलाजको लागि अथवा माधव नेपालको चित्त बुझाउनका लागि सूर्यको पक्षमा वकालत गरिरहनुभएको पनि होला ।

प्रचण्डले सूर्य चिन्ह नपाए त कयामत ल्याउँछु भन्नुभएको छ नि ?

उहाँले कयामत ल्याउँछु भन्नुभयो । धेरैले उहाँको यो भनाइलाई हाँसोको विषय बनाए । उहाँले कुण्ठा पोखिरहनुभएको छ । कहिले कयामतको कुरा आइरहेको छ, कहिले टाउको फुटाउन मन लागेको कुरा गरिरहनुभएको छ । यो अराजकतावाद अवसरवादमा र अवसरवाद पलायनवादमा परिणत हुन्छ । यो श्रृंखलाको अन्तिम अवस्थामा कमरेड प्रचण्ड हुनुहुन्छ । हिजो मान्छे काट्ने कुरा गर्नुहुन्थ्यो । त्यसपछि खुट्टा काट्ने चरणमा प्रवेश गर्नुभयो । अहिले कुरा काट्ने चरणमा पुग्नुभएको छ । मलाई लाग्छ, प्रचण्ड कमरेडको उग्रवाद र अराजकतावादको अन्तिम श्रृंखलाका दृश्य हामी देखिरहेका छौं ।

माधव नेपालले भन्नुभएको छ– एमालेको लिगेसी केपी ओलीले होइन, म बोक्छु । छुट्टिंदै गर्दा अंश त लाग्ला नि ?

अंश लाग्ने गरी विभाजन भएन । साविक एमालेभित्रको द्वन्द्वमा प्रचण्डले खेल्नुभयो । मैले कतिपय ठाउँमा उदाहरण पनि दिने गरेको छु– हाम्रो चेलीलाई लिएर जानुभयो, त्यसो गर्दा हाम्रो गोत्र र थर त लिन पाइँदैन । माधव कमरेड प्रचण्ड कमरेडको माओवादी लिगेसीसँग जोडिन जानुभएको हो । त्यसैले साविक एमालेभित्र उहाँहरूले धेरै र्‍याल चुहाउनु र आँखा गाड्नु चाहिं स्वाभाविक नहोला ।

निर्वाचन आयोगमा तपाईंहरूकै मान्छेले एमाले दर्ता गराएको भन्ने छ । आयोगका सबै प्रक्रिया सकिएपछि अब एमाले ब्युँतिने हो त ?

पार्टीभित्र गम्भीर मतभेद र विभाजनको अवस्थामा आइसकेपछि एमालेलाई माया गर्ने तथा एमालेको लिगेसी भएका साथीहरूले त्यसको रक्षाका लागि त्यो पार्टी दर्ता गरे । दर्ता गर्ने सिलसिलामा मसँग व्यक्तिगत रूपले नजिक भएका साथीहरू पनि त्यहाँ रहनुभयो । तर, त्यो यति ठूलो सोचाइ गरेर गरिएको थिएन । अहिले ठीकै गरिएछ भन्ने लागेको छ । किनभने, साविक एमालेको लिगेसी (अहिले माधव कमरेडले आफू नै ओरिजिनल एमाले हुँ भन्नुभयो) पनि जाने अवस्था रहेछ । साविक एमालेको लिगेसीलाई बचाउनका निमित्त त्यो ठीकै भएको छ ।

तर हामी नयाँ एमाले बनाउन जान परेन । एमाले लिगेसी भएको नेकपा नै केपी ओली नेतृत्वको आधिकारिक पार्टी हुन्छ । यो कुरामा दुईमत छैन ।

भनेपछि एमाले नाम ‘रिजर्भ’ हो ?

रिजर्भ भन्दा पनि एमालेलाई अरूले दुरुपयोग नहोस् भनेर साथीहरूले सुरक्षित तरिकाले राख्नुभएको छ होला जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...