वन विकासको क्षेत्रमा सहयोग गर्न मन्त्री आलेको इजरायली राजदूतसँग आग्रह



हाम्रो इकोनोमि

 

इजरायली राजदूत हनानगोदेर गोल्डवर्गर तथा वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले बिच आज सोबमार भेटवार्ता भएको छ । वन तथा वातावरण मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपालको कृषि र वन विकासको क्षेत्रमा सहयोगका लागि सम्भावित अवसरहरुमा छलफल गरिएको थियो । भेटघाटका क्रममा वन तथा वातावरण मन्त्री आलेले नेपालमा वन विकास उल्लेख्य रुपमा बढाउन तथा यहाँको वन्य जडिबुटीको केन्द्र स्थापना गर्न र नेपाली किसानहरुलाई इजरायली वन र कृषि टेक्नोलोजी सिकाउनका लागि इजरायलले सहायोग गर्न आग्रह गर्नु भयो ।

उहाँले भन्नुभयो, “इजरायलले नेपालको कृषि क्षेत्रमा निकै उल्लेख्य सहयोग गरेको छ, अव वन विकासको क्षेत्रमा पनि सहयोग गर्न अपेक्षा लिएको छ ।” इजरायल सँग धेरै लामो कूटनीतिक सम्बन्ध रहेको भन्दै मन्त्री आलेले आगामी दिनमा समेत उक्त सम्बन्ध अझै मजबुत बन्ने विश्वास समेत व्यक्त गर्नु भयो । लामो समयदेखि दुई देशबीचमा कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहँदै आएको भन्दै मन्त्री आलेले आगामी दिनमा वन विकासको क्षेत्रमा सहकार्य गर्न सरकार इच्छुक रहेको धारणा राख्नु भएको थियो । मन्त्री आलेले इजरायल नेपाली कामदारका लागि सुरक्षित गन्तव्यका रूपमा रहेको बताउनु हुँदै आगामी दिनमा पनि इजरायलले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । वन तथा वातावरण मन्त्री आलेले पछिल्लो समयमा विभिन्न मुलुक तथा दातृ निकायका प्रतिनिधिसँग भेटवार्ता गर्ने क्रमलाई तीव्रता दिएका छन् । वन क्षेत्रको विकासका लागि नयाँ नीति निर्माणमा रहेका उहाँले नेपालमा विदेशी लगानी प्रवद्र्धनका लागि विभिन्न देश तथा दातृ निकायसँग आग्रह गर्दै आउनु भएको छ । वन विकासको क्षेत्रमा केही गरौँ भन्ने भावनाका साथ मन्त्री आलेले काम गर्न थाल्नु भएको छ ।

 

भेटमा इजरायली राजदूत गोल्डवर्गरले वन विकास सहित अन्य क्षेत्रको विकासमा सहकार्य गर्न इजरायल सरकार आतुर रहेको बताउनु भएको थियो । वन तथा वातावरण मन्त्री आलेले राखेको मागका सम्बन्धमा इजरायली राजदूत हनानगोदेर गोल्डवर्गरले इजरायल सहयोग गर्न इच्छुक रहेको बताउनु भएको थियो । राजदूत गोल्डवर्गरले भन्नुभयो, “हामीले नेपालका कृषि, पर्यटन लगायतका थुप्रै क्षेत्रको विकासमा सहयोग गर्दै आएका छौ, अब वन विकासको क्षेत्रमा पनि सहयोगका कामहरु गर्छौँ । उक्त भेटका क्रममा वन तथा वातावरण मन्त्रालयका सचिब डा.विश्वनाथ ओली, उप सचिब ज्ञानेन्द्र मिश्र, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत रबिन्द्रराज भण्डारी वन तथा वातावरण मन्त्रीका निजी सचिब रबिन कुमार ग्यालन तथा स्वकीय सबिच हेमन्तराज रेग्मी लगायतको उपस्थिती रहेको थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...