निर्वाचन आयोगले ओलीको नेतृत्वलाई आधिकारिकता दियो : गृहमन्त्री थापा



हाम्रो इकोनोमि

 

गृहमन्त्री रामवहादुर थापा (बादल)ले निर्वाचन आयोगको निर्णयले केपी ओली नेतृत्वको पार्टीलाईनै आधिकारिक मानेको दाबी गरेका छन् । उनले अदालतले पनि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा चाँडो किनारा लगाइदिए निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सकिने बताएका छन् । कालिकोटमा सोमवार आयोजित ओली पक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अदालतले फैसला दिन ढिलो गरे निर्वाचनको मिति वैशाख १७ र २७ बाट केही पर सर्न सक्ने बताए ।

बादलले भने-निर्वाचन आयोगले हिजो निर्णय दिएको छ,केपी ओली नेतृत्वको पार्टीनै आधिकारिक हो,हामीले कसैलाई हटाएका छैनौं र पार्टी फुटाएका छैनौं । अब सूर्य चिह्नको विवाद पनि रहेन हाम्रै हुन्छ । अदालतले ढिला गर्दा चुनाव केही पछि सर्न सक्छ । प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने भन्दै उनले पुनःस्थापनाको माग गर्नेहरु प्रतिगामी हुन् भने । विप्लब समूहलाई पनि चुनावमा भाग लिने गरि आउन प्रधानमन्त्रीले आग्रह गरिसकेको बादलले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले विप्लब समूहलाई चुनावमा आउनुस मिलेर जाउँ नयाँ सरकारमार्फत तपाईहरुका राजनीतिक कार्यक्रम लागू गरौंला भनिसक्नुभएको छ । यो जिल्लामा पनि विप्लबको प्रभाव छ, म आग्रह गर्छु- आउनुस् बलियो कम्युनिस्ट पार्टीमार्फत तपाईहरुका राजनीतिक माग पूरा गरौं ।’

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...