मेरा एक नम्बर अध्यक्ष प्रचण्ड जालझेल नबुझ्ने सोझो नेता हुन : माधव नेपाल



हाम्रो इकोनोमि

 

विभाजित नेकपाका प्रचण्ड गुटका २ नम्बर अध्यक्ष’ माधवकुमार नेपाल रसिलो भाषण गर्नेमा चिनिँदैनन् । प्रायः खस्रा भाषण गरेर सहभागीलाई उँघ्न वाध्य पार्ने नेपालले सोमबारको पत्रकार सम्मेलनमा भने केहीबेर हँसाए । त्यसो त उनको भाषण आज पनि केपी ओलीमाथि नै केन्द्रित थियो । तथापि, अलिक फरक शैलीमा उनी प्रस्तुत भए । ओलीलाई ‘धर्तीकै बेइमान मान्छे’ को संज्ञा दिएका नेपालले प्रचण्डलाई भने जालझेल नबुझ्ने सोझो नेताका रुपमा चित्रित गरेका थिए ।

नेपालले गरेको छोटो सम्वोधनका केही अंश उनकै शब्दमा :

केपी ओली त प्रशंसाको भोको, आलोचना सुन्नै नचाहने मान्छे हो । उहाँ भन्नुहुन्छ मलाई राम्रो काम गर्न दिइएन । मेरा हात खुट्टा बाँधे । घेराबन्दी गरे । तर, हामीले राम्रो काम गर्न कहाँ रोकेका छौं ? राम्रो काम गर्नुस्, राम्रो काम गर्नुस् भनिरहेका छौं ।

हामीले ओम्नी, यती प्रकरणजस्ता अनेक खालका भ्रष्टाचारजन्य कुराहरूको सन्दर्भमा सत्य, वास्तविकता के हो छलफल गरौं भनेर आवाज उठायौं । उहाँले छलफलै गर्न नचाहने । अहिले त सबैतिरबाट केपी ओली एक्लिएका छन् । नागरिक समाज उनको साथमा छैनन् । मिडिया उनका पक्षमा छैनन् । पूर्वन्यायाधीश उनका पक्षमा छैनन् । उनी पूरै एक्लिएका छन् । यो प्रतिनिधिसभा भंग गर्ने आधारै छैन । सर्वोच्च अदालत जस्तो सम्मानित संस्थाका सम्मानित न्यायाधीशले अन्यथा निर्णय गर्नुहुन्छ भनेर हामी कसरी सोच्न सक्छौं ?

केपी ओलीको चुनाव-सुनाव गर्ने इच्छै छैन । चाहनै छैन । उहाँ तीन महिनामा चुनाव गराएर बालकोट जानुहुन्छ त ? अहँ होइन । उहाँ त पाँच वर्ष, अर्को पनि पाँच वर्ष बस्छु भन्नेमा हुनुहुन्छ । दिएनन् भने सबै भंग गर्दिन्छु, त्यसपछि संकटकाल लगाएर, तानाशाही लादेर भए पनि सत्तामा टाँसिएर बस्छु भन्ने चाहना हो उहाँको । कसलाई थाहा छैन ?

उहाँका प्रत्येक कुरा नक्कली हुन्छन् है, विश्वास नगर्नुस । उहाँको भन्ने कुरा एउटा र भित्री कुरा अर्कै हुन्छ । हाम्रो प्रचण्ड कमरेडले विश्वास गर्नुभएछ, कागजमा सही गर्नुभएनछ । निर्वाचन आयोगले लेखेर पठाएछ, दुईवटा अध्यक्षको हुनुपर्नेमा तपाईंको खोई भने । उहाँले फकाउनु भयो होला । केही छैन, मैले गरे हुन्छ भन्नुभयो होला । केपी ओलीको जालसाँझी हेर्नुस त । प्रचण्ड कामरेड सोझो हुनुहुन्छ, जालझेल बुझ्नुहुन्न । हामी पूर्वएमालेका त भुक्तभोगी । कामरेड जेएन खनाल पनि भुक्तभोगी, म त महा-भुक्तभोगी ।

 

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...