निर्वाचन आयोगले यसरी खोस्यो माधव नेपालको अध्यक्ष पद



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगले अस्विकार गरेको छ । सो अस्विकार गरेपछि सबैभन्दा ठूलो चोट भने वरिष्ठ नेता माधवकुमार नेपाललाई परेको छ । प्रचण्ड–नेपाल समुहले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर तत्कालै नेता नेपाललाई अध्यक्ष बनाएको थियो । नेपाललाई अध्यक्ष बनाउन हतार गरेपनि आयोगले सो निर्णयले बैधानिकता नपाउने निर्णय सुनाईदिएपछि उहाको अध्यक्ष पद पनि खोसिएको छ ।

आयोगका अनुसार नेता नेपाललाई अध्यक्षका रुपमा नचिन्ने बताएको छ । पुरानै विवरणहरु यथावत रहेको भनेपछि नेता नेपालको अध्यक्ष पद पनि एक महिनाभित्रै खोसिएको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो । नेकपा गठन भएदेखी नै अध्यक्ष हत्याउन नेपाल सक्रिय रहनु भएको थियो । पछिल्लो समय प्रचण्डको प्रधानमन्त्री बन्ने महत्वकांक्षा र नेता नेपालको अध्यक्ष बन्ने लालसा मिलेपछि नेकपा अनौपचारिक रुपमा विभाजन भएको थियो । दुई जनाको स्वार्थ मिलेपछि विधान विपरित ओलीलाई कारवाही गर्ने र आफु अध्यक्ष बन्ने सपना बोकेर नेता नेपालले पार्टी विभाजनमा लैजानु भएको थियो । तर, आयोगको पछिल्लो निर्णयसँगै उहाका सपनामाथी ब्रजपात भएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...