निवार्चन आयोगले भन्यो प्रचण्ड-नेपाल पक्ष फेल



हाम्रो इकोनोमि

 

निवार्चन आयोगले प्रचण्ड नेपाल पक्ष फेल भएको संकेत दिएको छ । परिक्षमा नेकपाको प्रचण्ड नेपाल पक्ष फेल भएको तथ्य सार्वजानिक गरेको छ । आयोगले गरेको निर्णयलाई लिएर विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई पक्षमा फरक-फरक मनोभाव देखिएको छ । ओली पक्षले आयोगको निर्णयलाई स्वभाविकरुपमा लिएको छ भने प्रचण्ड-नेपाल पक्ष असन्तुष्ट देखिन्छ ।

दुवै पक्षले आयोगको निर्णय सम्बन्धमा छलफल गरेर आधिकारिक धारणा बनाइसकेका छैनन् । तर, ओली पक्षका नेताहरु यो निर्णयमा सकारात्मक देखिएका छन् । प्रचण्ड-नेपाल पक्ष भने प्रतिवादको तयारीमा छ । दुवैले आजै पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्दैछन् । निर्वाचन आयोगको पछिल्लो निर्णयले पार्टी विभाजन नभएको प्रष्ट पारेको बताउँछन्, ओलीपक्षीय नेकपाको संसदीय दलका उपनेता सुवास नेम्वाङ ।

‘हामीले के भनेका छौं भने नेकपा विभाजन भएको छैन,’  कुराकानीमा उनले भने, ‘हामीले निर्वाचन आयोगलाई दिएको जवाफमा पनि नेकपा विभाजन भएको छैन भनेर पठाएका छौं । आयोगले हामीले केही थपेका कुरालाई अमान्य भन्यो । तर, अरु कुरा त जम्मै मान्यो । जहाँ केपी ओली र विष्णु पौडेल हुन्छन्, त्यो ठाउँ हो आधिकारिक ।’

आयोगको निर्णयले सन्तुष्ट देखिएको ओली पक्ष आफूहरुले गरेको निर्णयलाई लिएर थप दावी÷विरोधमा नजाने मनस्थितिमा छ । नेम्वाङ भन्छन्- हाम्रो दावीलाई निर्वाचन आयोगले मान्यता दिएको छ । हाम्रो अध्यक्ष केपी ओलीलाई निष्कासन गर्ने र अर्को कमरेडलाई अध्यक्ष नियुक्त गरेको भन्ने जुन चर्चा हामीले सुनेका थियौं, त्यसलाई निर्वाचन आयोगले अमान्य भनेको छ । यस्तो अवस्थामा समग्रमा निर्वाचन आयोगले ठीक निर्णय गर्‍यो । निर्वाचन आयोग यो विषयमा निर्णय गर्ने अधिकारप्राप्त सक्षम निकाय हो ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...