बिन्तीपत्र इतिहासकै पुनरावृत्ति : प्रेस सल्लाहकार थापा



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगको निर्णयलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेता माधवकुमार नेपालप्रति कटाक्ष गर्दै ‘बिन्तीपत्र इतिहासकै पुनरावृत्ति’ भएको टिप्पणी गरेका छन्।

आइतबार निर्वाचन आयोगले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहले गरेका निर्णय कानूनसम्मत नभएको निर्णय गरेको थियो। उक्त निर्णयपछि प्रचण्ड–माधव पक्षले केपी शर्मा अ‍ोलीमाथि गरेको कारबाही र नेता नेपाललाई अध्यक्षमा चयन गरेको निर्णयले वैधता नपाउने देखिएको छ।

थापाले आयोगको यस्तो निर्णयप्रति लक्षित गर्दै अध्यक्ष बन्ने नेता नेपालको चाहना यसपालि पनि अधुरै रहेको टिप्पणी गरेका हुन्। ‘पहिले दरबारको पश्चिम ढोकामा सभक्ति बिन्तीपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति’ थापाले फेसबुकमा लेखेका छन्, ‘अहिले कार्की बैंक्वेटमा आयोजित प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा ।’

नेता नेपाललक्षित गरेर उनले थप लेखेका छन्– बुद्धिले अरूलाई खा, रिसले आफूलाई खा भनेको यस्तै भएर होला । एकीकृत पार्टीको तेस्रो अध्यक्ष बन्न भन्दा मनले मानेन, तेल दिंदा नखाने कोल चाट्ने गर्दा त यस्तै हुन्छ नै।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...