बिन्तीपत्र इतिहासकै पुनरावृत्ति : प्रेस सल्लाहकार थापा



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगको निर्णयलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेता माधवकुमार नेपालप्रति कटाक्ष गर्दै ‘बिन्तीपत्र इतिहासकै पुनरावृत्ति’ भएको टिप्पणी गरेका छन्।

आइतबार निर्वाचन आयोगले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहले गरेका निर्णय कानूनसम्मत नभएको निर्णय गरेको थियो। उक्त निर्णयपछि प्रचण्ड–माधव पक्षले केपी शर्मा अ‍ोलीमाथि गरेको कारबाही र नेता नेपाललाई अध्यक्षमा चयन गरेको निर्णयले वैधता नपाउने देखिएको छ।

थापाले आयोगको यस्तो निर्णयप्रति लक्षित गर्दै अध्यक्ष बन्ने नेता नेपालको चाहना यसपालि पनि अधुरै रहेको टिप्पणी गरेका हुन्। ‘पहिले दरबारको पश्चिम ढोकामा सभक्ति बिन्तीपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति’ थापाले फेसबुकमा लेखेका छन्, ‘अहिले कार्की बैंक्वेटमा आयोजित प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा ।’

नेता नेपाललक्षित गरेर उनले थप लेखेका छन्– बुद्धिले अरूलाई खा, रिसले आफूलाई खा भनेको यस्तै भएर होला । एकीकृत पार्टीको तेस्रो अध्यक्ष बन्न भन्दा मनले मानेन, तेल दिंदा नखाने कोल चाट्ने गर्दा त यस्तै हुन्छ नै।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...