चुनावी घोषणापत्र लेख्दै नेकपाका अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फबाट आगामी चुनावका लागि घोषणापत्र लेख्ने कार्य शुरु गर्ने तयारी गर्नुभएको छ । प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गर्नुभएका प्रधानमन्त्री ओली चुनावी घोषणा–पत्र लेख्ने तयारीमा लाग्नु भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भएका ओलीले घोषणा–पत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन देशभरका नेता कार्यकर्तालाई परिपत्र गर्नुभएको छ । गत बिहीवार देशभर पठाइएको विशेष परिपत्रमा लेखिएको छ, ‘आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणा–पत्रमा समेट्नुपर्ने विषयहरूका सम्बन्धमा सबै तहका पार्टी कमिटी, पार्टी सदस्य, जनसंगठन, शुभेच्छुकहरू तथा आम जनसमुदायसँग छलफल गरी फागुन मसान्तभित्र माथिल्लो कमिटीमार्फत केन्द्रीय कमिटीलाई सुझाव पठाउन समेत निर्देशन गरिएको छ ।’

परिपत्रमार्फत प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा जुट्न निर्देशन समेत दिनु भएको छ । निर्वाचन आयोगले माघ १६, १७ र १८ गते मतदाता नामावली सच्याउन सकिने मिति तय गरेकाले यसमा सक्रिय रहन भन्नुभएको छ । ‘सो अवधिभित्र आ–आफ्नो कार्यक्षेत्रका मतदातालाई सुसूचित गर्न, मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, झूटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यस्तो नामावली हटाउन र दोहोरो नाम हटाउनका लागि निवेदन वा उजुरी दिन र निर्वाचन प्रक्रियामा आमजनतामा जागरण र सहभागिता अभिवृद्धि गर्न जरुरी छ,’ परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...