नेताहरुको सम्पति छानविन गर्न शक्तिशाली आयोग बनाउने ओलीको तयारी



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्ने तयारी गरेका छन्। सम्पूर्ण नेताहरुको छानविन गर्न ओलीले चाँडै छानविन आयोग बनाउने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ। “आयोगले खासगरी प्रचण्ड र माधव नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, वामदेव गौतम, रामचन्द्र पौडेल लगायत नेताहरुको सम्पत्तिको स्रोत खोज्नेछ। माधव नेपाल आफै पनि बालुवाटार जग्गा प्रकणमा मुछिएका नेता हुन्।

आयोगले ओली समूहकै नेताको पनि सम्पत्ति छानविन गर्ने प्रमको सचिवालयका सदस्य दावी गर्छन्। आयोगको खाका समेत गृहकार्यमा रहेको सचिवालय स्रोतले दावी गर्यो। आयोगले देशको उच्च तहमा पुगेका सबै राजनीतिक, प्रशासनिक र प्राविधिकहरुको सम्पत्तिको छानबिन गर्ने पनि बताइएको छ।

“आयोगबाट सिफारिस भई अख्तियारले अकुत सम्पत्ति कमाउने भ्रष्ट नेतालाई कारवाही गर्नेछ। प्रधानमन्त्री ‌ओलीले आयोग गठनको तयारी गरेको सूचना पेरिसडाँडा पुगिसकेको छ। “आफूहरुमाथि प्रतिशोध साधिए कडा प्रतिकार गर्ने रणनीतिमा जानुपर्ने सोच पेरिसडाँडाको रहेको जानकार स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...