शहिद परिवारलाई जागिर दिन्छौ : मन्त्री साह



हाम्रो इकोनोमि

 

 

शहरी विकास मन्त्री प्रभु साहले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन लगायतका आन्दोलनहरूका शहिद परिवारलाई जागिर दिने घोषणा गरेका छन् ।  रौतहटको माधव नारायण नगरपालिका(५, मिठुअवामा जनयुद्धका शहिद परिवारहरुको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका मन्त्री साहले ईन्जिनियर र सब(ईन्जिनियर पढेका शहिद परिवारका सदस्यलाई योग्यता अनुसार आफ्नो मन्त्रालयमा जागिर दिने बताए । आफू बहाल रहेको शहरी विकास मन्त्रालय निर्माणसंग सम्बन्धित रहेकोले शहिद परिवारमा सिभिल ईन्जिनियर तथा सब(ईन्जिनियर पढेकालाई जागिरको व्यवस्था गर्ने मन्त्री साहले बताए । मन्त्री साहले योग्यताका आधारमा सबै शहिद परिवारलाई रोजगारी प्रदान गर्ने उद्देश्य राखेको जीकिर गरे । जनयुद्धको नेतृत्व गरेको प्रचण्डले शान्ति प्रक्रिया यता सरकारी कुर्सीमा बसे पछि र शहरिया बिलासी जीवन बिताउन थालेपछि शहिद परिवारलाई भुलेको बताउदै मन्त्री साहले वर्तमान सरकारको प्राथमिकतामा शहिद परिवार रहेको बताए । शहिदहरुले दिएको बलिदानीकै कारण देशमा नयाँ व्यवस्था आएको आफुहरु नेता भएको स्मरण गराउदै मन्त्री साहले शहिदको सपना साकार पार्न अन्तिमसम्म लडिरहने प्रतिबद्धता जनाए ।

तीन सयभन्दा बढी शहिद परिवारको सदस्यहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा नेकपा प्रदेश सदस्य त्रिभुवन साह, नेता उपेन्द्र साह, संविधानसभा सदस्य अब्दुल कलाम अजाद, निवर्तमान सांसदद्वय समिना हुसेन तथा रेखा झा, मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, माधव नारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह, फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतो, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...