ओली समूहमा आउने योगेश भट्टराईको तयारी
पूर्व मन्त्री योगेश भट्टराई पनि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा आउन छलफलमा लागेको जानकारी प्राप्त भएको छ । स्रोतको अनुसार प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी का नेता भट्टराई सर्वोच्च अदालतमा प्रतिनिधी सभा विघटनविरुद्ध परेको मुद्धाको फैसला आउने वित्तिकै ओलीसँगै मिल्ने तयारीमा जुटेको स्रोतले बतायो । नेता भट्टराईले आफू निकटस्थ नेताहरूसँग ओली समूहमा जाने बारेमा छलफल गरेको स्रोतको दाबी भनाई छ ।
चुनावी अभियानमा ताप्लेजुङ गएका बेला तत्कालीन एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङबासीले भट्टराईलाई चुनाव जिताएर पठाए आफूले मन्त्री बनाउने बचन दिएका थिए।