चार प्रदेशमा पहिलो चरणको निर्वाचन गर्ने तयारी



हाम्रो इकोनोमि

 

सरकारले बैशाख १७ गतेको पहिलो चरणको निर्वाचन चार वटा प्रदेशमा गर्ने तयारी गरेको छ । पहिलो चरणमा प्रदेश–२, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गर्ने तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यी प्रदेशमा पहिलो चरणमा निर्वाचन गर्ने तयारी भईरहेको जानकारी गराउनु भएको छ । सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै उहाले बैशाख २७ गते प्रदेश–१, बागमति र कर्णाली प्रदेशमा निर्वाचन गराउने जानकारी दिनुभयो ।

यद्यपी उहाले यी विषय अन्तिम निर्णय भई नसकेको तर छलफल भईरहेको बताउनु भयो । सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आउँदो निर्वाचनमा निष्पक्ष भएर प्रस्तुत हुन सुरक्षाकर्मीलाई निर्देशन समेत दिनुभयो । पछिल्लो समय सडकमा उत्रिएको समुहले ननभेज आन्दोलन घोषणा गरेकाले त्यसलाई सजगतापूर्वक हेर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...