दुई तिहाईको ग्यारेन्टी नहुँदासम्म ओलीले चुनाव गराउँदैनन् : भुषाल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुषालले आफूले दुई तिहाई ल्याउने ग्यारेन्टी नभएसम्म केपी ओलीले चुनाव नगराउने दावी गरेका छन् । उनले ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलन रोकिने पनि बताए ।प्रचण्ड–माधव पक्षले राजधानीमा गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्ने क्रममा नेता भुषालले आफ्नो समय ओलीमाथि आक्रमणमा खर्चेका छन् । ओली पराजित नभए देशमा लोकतन्त्र पराजित हुने उनको भनाइ थियो ।

उनले भने– चुनावको सपना कसैले देखेका छन् भने गलत हुन्छ । संविधान च्यातेर यो चुनाव हुने वाला छैन । म यो मासलाई अगाडि राखेर भन्छु, दुई तिहाईको ग्यारेन्टी नभएसम्म ओलीले चुनाव गर्दैनन् । प्रधानमन्त्रीले राष्ट्रपतिलाई पठाएको पत्र सबैले पढ्न भुषालले आग्रह गरे । भने– त्यो पत्रमा संसद विघटनका आठ कारणमध्ये सात कारण आफूलाई दुई तिहाई चाहिएको भन्ने छ । उहाँले सबै सेटिङ मिलाउनुभएको छ । अदालतमा समेत सेटिङ गर्नुभएको छ । तर, कामरेड हामी तपाईंका चलखेल, जालझेल र सेटिङ सफल हुन दिँदैनौं ।

उनले ओली पक्षले बनाएको साइबर सेनालाई साइबर स्यालको संज्ञा दिए । ओलीसँग ‘साइबर स्याल’ र सेटिङवाला मान्छे मात्र बाँकी रहेको टिप्पणी भुषालले गरे । अब पार्टी पुनर्र्गठन गर्दा अर्को ओली जन्मिन दिनु नहुने पनि भुषालको भनाइ छ । उनले भने– अब अर्को ओली हाम्रो पार्टीमा जन्मिन दिँइदैन । ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलनले विश्राम लिन्छ ।

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...