प्रचण्डका पुर्व लडाकु ओलीको पक्षमा, तनावमा माधव



हाम्रो इकोनोमि

 

 

साविक वाईसियल नेपालको केन्द्रीय कमिटिमा रहेका १४३ मध्ये ३३ जना युवाहरुले पुष्पकमल दाहाल (प्रचण्ड)को साथ छोडेका छन।  उनीहरूले प्रेस बिज्ञपति मार्फत प्रचण्डको साथ छोडेको प्रमाण दिएका हुन् ।

वाईसियलका बरिष्ठ उपाध्यक्ष बिरु तामाङ, उपाध्यक्ष सुमित तामाङ, उपाध्यक्ष गंगा कार्कि , केन्द्रीय सचिव सुवित ढुङ्गाना सहित ३३ जनाले प्रचण्ड समूह छोडेको सचिब ढुङ्गानाले बताए ।,’पदको लालसामा प्रचण्डले माओबादी आन्दोलन छिन्नभिन्न पार्नुभयो,’ उनले भने,’अब हामीले प्रचण्डको साथ छोड्यौँ,’ आफुहरु अब गृहमन्त्री राम बहादुर थापा ( बादल) समेत रहेको ओलि समुहमा समाहित भएको उनले जानकारी दिए।

 

पुर्व माओबादी लडाकु समेत रहेका उनिहरु यस अघि राष्ट्रीय युवा संघ नेपालको केन्द्रीय कमिटिमा थिए। आज काठमाण्डौमा बसेको वाईसियलको केन्द्रीय समन्वय समितीको बैठकले बिरु तामाङ सुदिपको संयोजक्तवमा ९९ सदस्सिय केन्द्रीय समन्वय समिती चयन समेत गरेको छ। साथै सात वटै प्रदेशमा संयोजक समेत बैठकले तोकेको छ।

हेर्नुहोस प्रेस बिज्ञपति

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...