माधव नेपालले केपी ओलीलाई लगाए यस्तो हाँसोलाग्दो आरोप



हाम्रो इकोनोमि

 

नेकपा प्रचण्ड–माधव समूहका दोस्रो नम्बरका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग जनताको बहुदलीय जनवाद (जबज) सँगको कुनै पनि साइनो नभएको बताएका छन् । प्रेस संगठन नेपाल कर्णाली प्रदेशले शुक्रबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले लोकतन्त्राको मूल्य मान्यतालाई कुल्चिने मान्छे कसरी जबजको पक्षधर हुन्छ ? भन्दै प्रश्न गरे ।

 

उहाँले जनताको बहुदलीय जनवाद कहिले मान्नुभयो ? जबजको कुरा अहिले गर्नुहुन्छ । पार्टी एकताको बेला जबज सिन्द्धात आफैं नमान्ने भनेर हस्ताक्षर उहाँले नै गरेको हैन ?,’ अध्यक्ष नेपालले भने । ‘जबजले के भन्छ ? लोकतन्त्राका मुल्यमान्यता आत्मसाथ गर, बिनम्र होउ, अरुको विश्वास जित, विधि र पद्धति अनुसार चल, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई पालना गर भन्छ,’ उनले भने, ‘अव तपाईंहरु आफैं भन्नुस, ओलीले यी कुरा कहाँनेर लागु गरे । अनि यस्तो मान्छेसँग जबजको साइनो रहन्छ ?’

अध्यक्ष नेपालले लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्नेलाई देश र पार्टीको नेतृत्व गर्ने अधिकार नभएको बताए । ‘पार्टी र संसदले पत्याउन नसक्ने अवस्था आएपछि संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्ने काम भयो,’ उनले भने, ‘लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्ने ओली देशका लागि सबैभन्दा ठूलो समस्या हुन् ।’

प्रधानमन्त्री ओलीमा देखिएको सत्ता र शक्तिको उन्मादका कारणले देशमा संकट नित्याएको अध्यक्ष नेपालले बताए । ‘प्रधानमन्त्री ओलीले आफूले गरेको सबै काम सही हो भन्न थालेँ । त्यो कुरा जनता र पार्टीले पत्याएन,’ उनले भने, ‘एउटा गुटको पछि लागेर उहाँमा सत्ताको उन्माद बढ्यो र अहिलेको संकट आयो ।’

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...