आज उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त



हाम्रो इकोनोमि

 

 

उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले भृकुटीमण्डपमा गर्ने बृहत विरोध प्रदर्शनका कारण उपत्यकाका मुख्य स्थानको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । ट्राफिक व्यवस्थापन प्रभावित भएपछि सर्वसाधारणहरु हिँडेरै गन्तव्यतर्फ लागेका छन् । प्रदर्शन गर्नुअघि चक्रपथ भित्रका विभिन्न नौ स्थानबाट र्याली निकालिने भएकाले ति स्थानमा ठुला सवारी साधन छिर्न नदिएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस शुरु हुदैछ । ति स्थानबाट निस्कने जुलुस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह अगाडिको सडकमा पुगेर सभामा परिणत हुनेछ । अहिले विभिन्न स्थानबाट र्यालि निकाल्ने क्रम सुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले र्याली र सभा हुने स्थानमा चल्ने सार्वजनिक सवारी साधन रोकिएको जानकारी दिए । प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटन विरुद्ध पुस ५ पछि लगातार आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...