मूल बाटो थुनेर प्रचण्ड – नेपाल समूहको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमविरुद्ध नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज विरोध प्रदर्शन र सभा गर्दैछ ।  प्रचण्ड–नेपाल समूहले गत पुस १४ गते पनि यस्तै प्रकृतिको विरोध प्रदर्शनको आयोजना गरेकाे थियाे । त्यसपछि भने आन्दोलन शिथिल बनेको टिप्पणी भएपछि प्रचण्ड र माधवकुमार नेपाल समूहले उपत्यकाकेन्द्रित ठूलो सभाको तयारी गरेकाे हाे ।  आजको प्रदर्शनमा वागमती प्रदेशका विभिन्न जिल्लाबाट करिब एक लाख मानिस काठमाडौं उतार्ने तयारी गरेको केन्द्रीय सङ्घर्ष समितिले जानकारी दिएको छ । काठमाडौंमा विभिन्न ९ स्थानबाट जुलुस निकाल्ने र पुरानो बसपार्कअगाडि सभामा परिणत हुने सङ्घर्ष समितिले तयारी गरेको छ । विभिन्न ठाउँबाट निस्कने जुलुसको नेतृत्वका लागि नेकपा (प्रचण्ड–नेपाल समूह)ले स्थायी कमिटी सदस्यहरूलाई जिम्वेवारीसमेत तोकेको छ ।

माइतीघरबाट निस्कने जुलुसको नेतृत्व स्थायी कमिटी सदस्य गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लिलामणि पोखरेल, हरिबोल गजुरेल र पेशल खतिवडाले नेतृत्व गर्नेछन् । डिल्लीबजार, चारखालबाट निस्कने जुलुसको नेतृत्व वर्षमान पुन र बेदुराम भुसालले गर्नेछन् । लैनचौरबाट निस्कने जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत र नन्दकुमार प्रसाईंले नेतृत्व गर्नेछन् । त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र देवेन्द्र पौडेलले गर्नेछन् । कुपन्डोलबाट निस्कने जुलुको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापाले गर्नेछन् । प्रदर्शनीमार्गबाट निस्कने जुलुसको नेतृत्व घनश्याम भुसाल र जनार्दन शर्माले गर्नेछन् । शान्तिबाटिकाबाट निस्कने जुलुसको नेतृत्व सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ र सहसंयोजक योगेश भट्टराइले गर्नेछन् ।

त्रिचन्द्रबाट निस्कने विद्यार्थीको जुलुस देवप्रसाद गुरूङ, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, हितमान शाक्यले गर्नेछन् । बाल्मिकी क्याम्पस अघिल्तिरबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, मुकुन्द न्यौपाने र विष्णुपुकार श्रेष्ठले गर्नेछन् । जुलुस बिहान १०ः४५ बजे सुरु भएर सभामा परिणत हुने जनाइएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र घनश्याम भुसालले सम्बोधन गर्ने बताइएको छ ।

मूल बाटो थुनेर प्रदर्शन

त्यसो हुँदा प्रदर्शनी मार्गको बाटो अवरूद्ध हुन पुगेको थियो । यसपटक रत्नपार्क भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागिएको र तीनैतर्फ र टुँडीखेल वरिवरिकै आवागमन पूर्णतः प्रभावित हुने नेकपाले जनाएको छ । “यसपटक पद्मोदयतर्फको बाटो पनि ठप्प हुनेछ । भद्रकाली र रत्नपार्कतर्फको बाटो पनि पूर्णतः बन्द हुनेछ । पुरानो बसपार्क अगाडि मूल सडकमै मञ्च बनाएर दायाँबायाँ जुलुसका सहभागीहरूलाई राखिने छ,” केन्द्रीय सङ्घर्ष समितिका एक सदस्यले  जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...