अब मुठभेडमा जाने हो : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादले मुठभेडको लय समात्न थालेको छ। यसलाई पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले हावा भर्न थालेको छ। खासगरी प्रचण्ड र नेपाल आफैंले युवा, विद्यार्थीलगायत कार्यकर्तामा यस्तो हावा भर्न लागेका हुन्। प्रचण्डले हालै ‘शाकाहारी आन्दोलनले हुँदैन’ भनेका थिए भने नेपालले ‘एमालेको नेता आफू नै भएको’ दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यक्तिगत तहसम्म ओर्लेर गालीगलौज गरेका थिए।

मंगलबार आफूनजिकका पत्रकारका सामु उभिएर प्रचण्डले अझ एक कदम अघि बढ्दै ओलीलाई भित्तामा पुराइदिने घोषणा गरेपछि उनी मुठभेडमो मुडमा पुगिसकेको स्पष्ट भएको छ। प्रचण्ड पक्षले यसका लागि २३ माघमा गर्ने भनेको आन्दोलन १६ माघ हुँदै पर्सी शुक्रबारका लागि सार्नु पनि मुठभेडमा जान खोजेको प्रमाण हो। राजधानीमा पहिलो सभाका क्रममा पनि प्रचण्डले ओलीको पत्तासाफ गरिदिने चेतावनी दिएका थिए।

‘सत्ता र शक्तिका लागि प्रचण्डले हिंसात्मक आन्दोलनलाई हावा भरिरहेका छन्। सरकार यसप्रति सचेत छ तर राजनीतिक रुपमा शान्तिपूर्ण आन्दोलनको साटो हिंसा भड्काउने अभिव्यक्तिले राम्रो परिणाम दिनेछैन’, एक उच्च अधिकारीले भने,‘सरकार उच्च सतर्कतामा छ।’ यता ओली पक्षले पनि विभिन्न भेला र सभा गरिरहेको छ। आफू जाई नलाग्ने तर आईलागेको अवस्थामा मुखामुख गरेर नबस्ने रणनीति अपनाइएको एक नेताले बताए। उनी भन्छन्,‘हामी जाईलाग्ने काम गर्ने छैनौं तर आई लागेको खण्डमा चुप लागेर बस्नु पनि अन्याय हुनेछ।’

प्रधानमन्त्री ओलीलाई काम गर्न नदिई घेराबन्दी गर्नुका साथै सरकारमा अविश्वासको प्रस्तावसहित पार्टी अध्यक्षबाट हटाउने प्रचण्डको आन्तरिक तयारीलाई कमजोर बनाउँदै ओलीले प्रतिनिधि सभा विघटनसँगै नयाँ चुनावको घोषणा गरेका थिए। निर्वाचन आयोगलगायत सुरक्षा निकाय चुनावी तयारीमा जुटिसकेका बेला नेकपाको प्रचण्ड कित्ता भने चुनावविरोधी सभा र जुलुसमा मात्र सीमित छैनन्, अस्तव्यस्त बनाउने खेलमा छन्। ‘तीन बर्षसम्म नभएका भेला र सभामा अहिले प्रचण्ड र नेपालको दौडधुप देखिन्छ। पार्टी एकीकरण भएको बेलादेखि नै यस्तो गरेको भए अहिलेको अवस्था आउने थिएन’, एक नेता भन्छन्,‘अहिले सत्ता र शक्ति नपाउने भएपछि देखाइएको यो सभा र सम्मेलन मुलुकलाई अस्तव्यस्त बनाउने खेल हो।’

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...