ओलीले पहिलो नम्बरमा मलाई जेलमा कोच्दैछन् : माधव नेपाल



हाम्रो इकोनोमि

 

विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले २०७१ सालमा केपी ओली अध्यक्ष भएपछि एमालेको ओरालो यात्रा शुरू भएको बताएका छन् । सम्पादहरुसँगको अन्तरक्रियामा नेपालले भने- ‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो । मनको बह कसलाई कह भनेर बसेका थियौं ।’ ओलीले पार्टी एकताको प्रस्ताव ल्याउँदा राहत महसुस गरे पनि पुन: विधि मिच्न थालेको उनको दु:खेसो थियो ।

‘ केपीले बैठकमा एकताको प्रस्ताव ल्याएपछि ओलीको पेलान र प्रवृतिबाट मुक्ति पाइने भयो भनेर ठूलो राहत महसुस भयो । तर, एकतापछि फेरि विधि मिच्न थालियो। अस्पतालमा बैठक बोलाइयो, बालकोटमा बैठक बोलाउने काम भो अहिले हामी ओलीबाट मुक्त भएका छौँ’, नेपालले भने । नेपालले भने- ‘ओलीले पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने योजना बनाएको थिए । ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो ।’

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...