प्रचण्डले गरिबलाई रंगिन सपना देखाएर रगतमा होली खेले : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले गरिबलाई रंगिन सपना देखाएर रगतमा होली खेल्ने गरेको आरोप लगाएका छन् । मंगलबार नेकपा नुवाकोट जिल्लाका ओली पक्षिय नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, “प्रचण्डले त दुःखी गरिबलाई रंगिन सपना देखाएर रगतमा होली खेल्दै आएका व्यक्ति हुन । अव बत्ती निभाएर चुनाव जित्ने दिन प्रचण्डको सकिए । मतपत्र च्यातेर छोरी जिताउने दिन पनि छैन ।” त्यस्तै, सम्बोधनका क्रममा प्रधानमन्त्री ओली अव नेकपामा अराजकता नचल्ने बताए । उनले भने, प्रचण्ड माधवको पद खाली छ फर्केर आउँदा गुटवन्दी गर्न भने पाईन्न । प्रचण्ड–माधवले छाडेपछि नेकपा चलमलाएको छ । निर्वाचन हुँदैन भन्ने भ्रममा नपरेर बैसाख १७ र २८ मै चुनाव हुने दावी गरे । प्रतिनिधिसभा पुनस्थापना कुनै हालतमा हुँदैन । चुनाव हुन्छ । नेकपाले एक्लै बहुमत ल्याउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...