सरकारलाई समर्थन गर्ने कांग्रेस संसदीय दलको निर्णय



हाम्रो इकोनोमि

 

प्रदेश १ कांग्रेस संसदीय दलले सरकारलाई समर्थन गर्ने संकेत गरेको छ । प्रदेश सभा संसदीय दलको हलमा जारी बैठकले नेकपाको ओली पक्षलाई समर्थन गर्ने भएको स्रोतको दाबी छ । प्रदेश १ कांग्रेस संसदीय दलको बैठक शुरु भएको छ । प्रदेश सभा संसदीय दलको हलमा जारी बैठकले नेकपाको ओली वा प्रचण्ड-माधव समूहमध्ये कुन पक्षलाई सघाउने बारेमा तय गर्नेछ। कुल ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपाका ६७ जना सांसद छन्। तर अहिलेपनि कांग्रेसको साथ नभई नेकपाको दुवै पक्ष अविश्वासको प्रस्ताव पास या फेला गराउन नसक्ने अवस्थामा छन् । प्रदेश सभामा २१ सिट रहेको कांग्रेसले कसलाई समर्थन गर्ने भन्ने कांग्रेसले अहिलेसम्म आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । कांग्रेसले अविश्वास प्रस्तावको मतदानमा तटस्थ बस्यो भने प्रस्ताव फेल हुनेछ । तर, त्यसपछि एक महिनाभित्र राईले विश्वासको मत लिनु पर्नेछ ।

प्रस्ताव बहुमतले पास या फेल गर्न ४७ मत आवश्‍क पर्छ पर्छ । प्रस्ताव पास या फेल गर्ने बारे नेकपाका दुवै समुह अल्पमतमा छन् । नेकपा दल विभाजन नभएपनि सांसद दुवै समूहमा विभाजित भएकाले दुवै बहुमत पुग्ने अवस्था छैन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड-माधव पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । तत्कालीन समयमा आफ्ना पक्षमा ४२ सांसद रहेको दाबी गदै आएको थियो । तर, ५ सांसदको कित्ता परिवर्तन र तटस्थ रहेका भनिएका केही सांसद पनि राईकै पक्षमा उभिने भएपछि भीम आचार्यको पक्षमा अब ३२ सांसदमात्र छन् ।

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...