शिवालय मन्दिरबाट मूर्ति चोरी



हाम्रो इकोनोमि

 

 

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट पाँचवटा मूर्ति चोरी भएको छ । तीन गजुर भएको शिवालय मन्दिरबाट चार वटा र सिरानपौवामा रहेको ढुङ्गेधाराबाट एउटा गरी पाँचवटा मूर्ति चोरी भएको हो । पुस २८ गते राति पाँचवटै मुर्ति चोरी भएका हुन् । शिवालय मन्दिर चित्लाङस्थित प्रहरी चौकी छेउमै अवस्थित छ । शिवालय थानबाट ढुँगाबाट कुँदिएका भैरव, नारायण, दुर्गा र गणेशको मूर्ति चोरी भएको स्थानीयले बताएका छन् । स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति चोरी भएको थाहा पाएका थिए । बिहान दर्शन गर्न जाँदा मूर्ति नदेखिएपछि चोरी भएको थाहा पाएको स्थानीय राजु लामाले जानकारी दिए । ‘कुन बेला चोरी भएको हो थाहा छैन । बिहान पूजा गर्न जाँदा मूर्तिहरु नदेखिएपछि खोजी गरेका हौं,’ उनले भने, ‘कसले चोरी गरेको हो ? केही थाहा हुन सकेको छैन ।’ शिरानपौवाको ढुङ्गेधाराबाट हराएको मूर्ति भने गणेशको भएको उनको भनाइ छ । तीन गजुर भएको शिवालय मन्दिर दुर्लभ मानिन्छ । स्थानीयका अनुसार मन्दिर पुरातत्व विभागको सम्पदा सूचीमा सूचिकृत छ । मन्दिर जीर्ण अवस्थामा पुगेपछि पुरातत्व विभागले पुनःनिर्माण गरेको थियो । पहिले सुनकै गजुर रहेकोमा चोरी भएपछि सुनको जलप भएको गजुर हालिएको थियो । किराँतकालमै तीन गजुर भएको शिवालय निर्माण भएको स्थानीयको दावी छ ।

शिरानपौवाको ढुङ्गेधारामा तीन वटा मुर्ती रहेकोमा मध्य भागमा रहेको गणेशको मूर्ति चोरी भएको हो । ३ फिट अग्लो र २ फिट चौडा मूर्ति १ सय किलोको भएको स्थानीय बुद्धिजीवि बुद्धरत्न मानन्धरले बताए । ‘रिसोर्ट होमस्टेहरुमा आएकाहरुको नाम संकलन गरेर अनुसन्धान गर्न प्रहरीलाई भनेका छौं, हामी पनि वरपर झाडीतिर फालिएको छ कि भनेर खोजी गरिरहेका छौं,’ मानन्धनरले भने, ‘तर फेला परेको छैन ।’ पशुपति दर्शन गर्न चित्लाङको बाटो हुँदै जाने जोगी सन्त महन्तहरुलाई चामल, चिउरा, दाउरा, सर्वत वितरण गर्ने भएकोले सरावत पौवा पनि भन्ने गरिन्छ । तीर्थयात्री पौवामा आराम गर्दा ढुङ्गेधारामा नुहाउने, पानी खाने गर्दथे । केही वर्ष पहिले चित्लाङको सातधाराबाट गणेश, सरस्वती लगायतको पुराना मूर्ति चोरी भएको थियो । पुरातात्विक महत्वका ढुंगामा कुँदिएका मूर्तिहरु चोरी हुने गरेपनि चोर पत्ता नलाग्दा घटना त्यसै सेलाउने गरेको छ । एकैपटक पाँचवटा मूर्ति चोरी भएकोले मूर्ति चोरी गर्ने गिरोहकै संलग्नता हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...