आम हड्ताल गर्ने प्रचण्डको चेतावनी



हाम्रो इकोनोमि

 

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली विरुद्ध आम हड्ताल गर्नुपर्ने अवस्था आउने बताएका छन् । अखिल नेपाल महिला संघको बैठकलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माघ १६ गतेको विशाल शक्ति प्रदर्शनपछि आम हड्तालतिर जानुपर्ने अवस्था आउन सक्ने बताए ।

प्रचण्डले भने–हामी आन्दोलन बढाउँदै जान्छौं । आम हड्तालतिर जानु पर्ने अवस्था आउन सक्छ । त्यहाँसम्म पुग्दा हामीले ब्याटल जितिसक्छौं र जसरी पनि हामीले यो ब्याटल जित्नैपर्छ । ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्डले आफूहरु सिंह भएकाले ओलीविरुद्ध गर्जिनुपर्ने बताए । उनले प्रधानमन्त्रीलाई भेडाको संज्ञा दिए । प्रचण्डले भने– हामी पनि कता कता केपी ओली जस्ता भेडाको संगत गर्दा गर्दै भेडा जस्ता पो भयौं । हामी सिंहका सन्तान हौं, जुरुक्क उठेर गर्जियौं भने केपी ओली जस्ता भेडाहरु बाँकी रहँदैनन् ।

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...