आम हड्ताल गर्ने प्रचण्डको चेतावनी



हाम्रो इकोनोमि

 

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली विरुद्ध आम हड्ताल गर्नुपर्ने अवस्था आउने बताएका छन् । अखिल नेपाल महिला संघको बैठकलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माघ १६ गतेको विशाल शक्ति प्रदर्शनपछि आम हड्तालतिर जानुपर्ने अवस्था आउन सक्ने बताए ।

प्रचण्डले भने–हामी आन्दोलन बढाउँदै जान्छौं । आम हड्तालतिर जानु पर्ने अवस्था आउन सक्छ । त्यहाँसम्म पुग्दा हामीले ब्याटल जितिसक्छौं र जसरी पनि हामीले यो ब्याटल जित्नैपर्छ । ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्डले आफूहरु सिंह भएकाले ओलीविरुद्ध गर्जिनुपर्ने बताए । उनले प्रधानमन्त्रीलाई भेडाको संज्ञा दिए । प्रचण्डले भने– हामी पनि कता कता केपी ओली जस्ता भेडाको संगत गर्दा गर्दै भेडा जस्ता पो भयौं । हामी सिंहका सन्तान हौं, जुरुक्क उठेर गर्जियौं भने केपी ओली जस्ता भेडाहरु बाँकी रहँदैनन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...