अस्पतालमै बसेर प्रहरी, सरकारी वकिल र अदालतमा सेटिङ



हाम्रो इकोनोमि

 

 

मादक पदार्थ सेवन गरी सवारी चलाएर ठक्कर दिई पैदल यात्रीको निधन भइसकेपछि प्रहरीले चालकलाई कर्तब्यज्यानमा मुद्दा चलाउनुपर्नेमा सवारी ज्यानमा चलाउन लागेको बिषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले यसबारेमा चासो देखाएको छ । २०७७ पुस १७ गते राति मापसे गरी सवारी चलाएका प्रवीण शाक्यको कारले ठक्कर दिंदा पैदल यात्र महेन्द्र मरासिनीलाई ठक्कर दिएको थियो । शाक्यले चलाएको कारले ठक्कर दिएर गम्भीर घाइते भएका शाक्यको अस्पताल लाने क्रममा मृत्यु भएको थियो । बुटवलबाट भैरहवातर्फ गइरहेको शाक्यले चलाएको निशान कारले तिलोत्तमा नगरपालिकामा ठक्कर दिंदा अस्पताल लाँदालाँदै शुद्धोधन गाउँपाालिकाका २४ बर्षीय महेन्द्र मरासिनीको निधन भएको थियो ।

मापसे गरी सवारी चलाउने शाक्यलाई प्रहरीले पक्राउ गरे पनि ज्वाईलाई जस्तो समान दिएर मोवाइल समेत चलाउन पाउनेगरी लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । भीआइपीलाई जस्तो प्रहरीले उनलाई अस्पतालमा बस्न छुट दिएको छ । मापसे गरी सवारी चलाएका शाक्यलाई मुद्दा कमजोर बनाएर सवारी ज्यानको महल अन्तर्गत छुटाउन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रवाीण पोखरेल नै लागेका छन् । उनले नै मदिराले मात्तिएर चलाएको गाडीले पैदल यात्रुलाई ठक्कर दिएर हत्या गर्ने चालकलाई उन्मुक्ति दिन लागेको खबर सार्वजनिक भएपछि रुपेन्देहीका एसपी प्रबिण पोखरेलमाथि पनि छानविन थाल्न प्रहरी प्रधान कार्यालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

पुस १७ गते लतिलोत्तमा नगरपालिका २ जानकीनगरमा मादक पदार्थ सेवन गरी गाडी हाँकेका प्रबिण शाक्यले पैदल हिंडिरहेका २४ बर्षीय महेन्द्र मरासिनीलाई ठक्कर दिँदा मरासिनीको मृत्यु भएको थियो।

तर,शाक्यलाई उन्मुक्ति दिन मुद्दा कमजोर बनाएर पेश गर्न एसपी पोखरेलले इलाका प्रहरी कार्यालय बुटवललाई दबाब दिएका थिए । शाक्यलाई कर्तब्य ज्यानमा मुद्दा नचलाई सवारी ज्यानमा मुद्दा चलाएर उन्मुक्ति दिन खोजिएको पीडित पक्षले कुरा उठाएका थिए। एसपी पोखरेलले शाक्यसँग आर्थिक चलखेल गरी नक्कली बिरामी बनाएर प्रहरी हिरासतमा नराखी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गराएको पनि खुलेको थियो ।

शाक्यले अस्पतालमै बसेर प्रहरी, सरकारी वकिल र अदालत सेटिङ गरी तत्कालै छुट्ने तानाबाना बुनेका छन् । अस्पतालबाटै उनले निर्वाधरुपमा मोवाइल चलाउने सुविधा पाएका छन् । लुम्बिनी प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्रबहादुर धानुकले घटनाका बारेमा बुझ्ने काम भइरहेको वताए। उनले प्रहरी प्रधान कार्यालयले पत्र पठाएको स्वीकार गर्दै लापरबाही भएको छ भने कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...