शहरी विकास मन्त्री प्रभु साहले दिए यस्तो निर्देशन



हाम्रो इकोनोमि

 

 

शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै मन्त्रालय मातहतका निकायहरूबाट सम्पूर्ण आयोजनाहरुको विस्तृत विवरण माग गरेका हुन् । कुनै पनि परियोजना ठेक्का गर्दा ठेकेदारले पेश गरेको कार्यतालिका बमोजिम काम भए नभएको तथा त्यसमा सम्बन्धित निकायको तर्फबाट भएका कामकारवाहीको विवरण १५ दिन भित्र मन्त्रालय पठाउन निर्देशन दिइएको हो ।

खरिद सम्झौता गरेबमोजिम काम नभई रुग्ण बनेका आयोजनालाई रुग्ण हुन नदिन गरिएका प्रयास तथा ठेकेदारलाई नियम बमोजिम कारवाही लगायतका कार्यको विवरण समेत माग गरिएको मन्त्रालयका एक कर्मचारीले बताए । कुनै पनि आयोजना खरिद सम्झौता भएपछि ठेकेदारले कार्य सम्पन्न गर्ने कार्यतालिका पेश गरेको हुन्छ । सोही बमोजिम तोकिएको समयभन्दा अगावै काम सकाए प्रोत्साहन रकम तथा ढिलाई गरे १० प्रतिशतसम्म हरजाना तिराउनुपर्ने व्यवस्था छ ।

काममा ढिलाई भए सुरुमा ताकेता पत्र काट्ने, त्यसपछि मोबिलाइजेसन रकम कट्टा गर्न, अझ अटेर गरे धरौटी रोक्का गर्ने र अन्तिममा ठेक्का रद्द गर्ने प्रक्रिया सरकारी पक्षले अपनाउनुपर्ने हुन्छ । तर प्रायजसो आयोजनामा कुनै प्रक्रिया नै नअपनाई रुग्ण भएको पाइन्छ । निर्देशन पछि प्राप्त हुने विवरणबाट आयोजनाहरुको स्थिति र शहरी मन्त्रालय मातहतका निकायको क्षमता तथा कार्यकारवाहीको स्थिती पनि थाहा हुने विश्वास मन्त्री साहको छ । सोही बमोजिम निर्माण कार्यलाई प्रभावकारी बनाउन कदम चाल्ने तयारीमा मन्त्री साह रहेको मन्त्रालय निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...