मेरो टाउको चिलाएको छ, यसपटक लाठी खान मन छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

विभाजित नेकपाका अध्यक्ष प्रचण्डले यसपटक लाठी खाएर टाउको फुटाउन मन भएको बताएका छन् । प्रचण्ड-माधव नेपाल निकट अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवा विद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिँदै आफू अग्रभागमा उभिएर लाठी खान तयार रहेको बताएका हुन् । प्रज्ञा भवनमा गर्जिदै उनले भने– मलाई यसपटक किन किन टाउको चिलाएको छ, उहिले गिरिजाबाबु जस्तै आन्दोलनको अगाडि जान्छु । यसपटक लाठी खान मन छ, आन्दोलन आक्रामक बनाउनुस्।

विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू हिजो जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको र फेरि पनि मर्न तयार रहेको बताए । उनले विद्यार्थीलाई आक्रामक र आवेगमा आउन निर्देशन दिँदै भेजिटेरियन (शाकहरी) खालको आन्दोलनले काम नहुने बताए । विगतमा आफू भावुक बन्दा केपी ओलीले धुर्त्याइँ गरेको भन्दै मुर्मुरिएर भाषण गरेका प्रचण्डले सम्झिँदा आक्रोश उत्पन्न हुने गरेको सुनाए । उनले आफ्नो कुर्सी ओलीले भाँचेकै दिनदेखि पार्टी एकता टुटेको बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...