नागरिकको आयस्तर बृद्धी गर्न जडीबुटीको क्षेत्रमा लगानी बढाइने : मन्त्री आले



हाम्रो इकोनोमि

 

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशको आयश्रोत तथा नागरिकको आर्थिक स्थती बढाउनका लागि जडीबुटीको क्षेत्रमा लगानी बढाइने बताउनु भएको छ । आज आइतबार जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेड कोटेश्वरको लगायतका क्षेत्रमा अवलोकन भ्रमणका क्रममा उहाँले सो कुरा बताउनु भएको हो । अवलोकनका क्रममा मन्त्री आलेले नेपाल जडिबुटीका क्षेत्रमा निकै धनी भएकाले आफ्नो देशमा उत्पादन हुँने ती जडिबुटीहरु आफ्नै देशमा सदुपयोग गर्न सरकार लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रैदेशमा उत्पादन हुँने जडिबुटी लगेर छिमेकी मुलुक धनी भइसकेको छ, पतञ्जलीले करोडौँ रकम कमाइ सकेको छ, अब हाम्रा जडिबुटी नेपालमा प्रसोधन गरी यहाँका नागरिकको आयस्तर बढाउनु पर्छ ।”
सोही क्रममा बोल्नु हुदै मन्त्री आलेले जडिबुटी उत्पादनको क्षेत्रमा सरकारले लगानी गर्ने भएकाले इच्छुक नागरिक, फर्मा तथा कम्पनीहरुलाई निकै फाइदा पुग्ने बताउनुभयो । सरकारी स्वामित्वको जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेड कोटेश्वरलाई थप व्यवस्थित बनाउनका लागि मन्त्रालयले गृहकार्य अघिसारेको समेत जानकारी दिनुभयो । “अब एक घर एक जडिबुटी खेती भन्ने योजना अघि सारिने छ” उहाँले भन्नुभयो, “बेरोजगार युवालाई रोजगारी पनि हुने तथा आफ्नो आयस्तर पनि बढ्ने भएकाले अरु खेती गर्नु भन्दा जडिबुटी खेती गर्नु राम्रो हुने छ ।” यसैगरी जडिबुटी खेती गर्ने किसानलाई सरकारले अनुदानको समेत व्यवस्था गर्ने मन्त्री आलेले जानकारी दिनुभयो ।

जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेड कोटेश्वरका महा–प्रबन्धक ज्ञानेन्द्र कार्कीले कर्णाली प्रदेशको जाजरकोटमा जडिबुटी प्रसोधन केन्द्र स्थापना गरिएको र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी निर्माणको सिलसिलामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कञ्चनपुरमा हाम्रो आफ्नै २० रोपनी जमिन छ, उक्त जमिनमा हामी उत्पादन तथा प्रसोधन केन्द्र निर्माण गर्दै छौँ, जसले गर्दा त्यहाँका जडिबुटी खेती गर्ने किसानलाई फाइदा हुँने छ ।” उक्त अनुगमनका क्रममा महा–प्रबन्धक कार्कीले जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेडसँग देशभरीमा कुल ४३२.८ हेक्टर जमिन रहेको र ८०० बिगाहामा जडिबुटी खेती भइरहेको जानकारी समेत दिनुभयो ।

 

विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...