ओलीको रोग सर्छ कि भनेर हामी अलग्गिएका हौँ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा दाहाल-नेपाल पक्षका अध्यक्ष प्रचण्डले पार्टी विभाजनको कारण प्रधानमन्त्री केपी शर्मा ओलीसँगको व्यक्तिगत रिसइवी  नभएको बताएका छन्। राष्‍ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ओलीले संविधानमाथि प्रहार गरेकोले आक्रामक हुनुपर्ने बाध्यता सिर्जना भएको दाबी गरे ।

ओलीलाई कारबाही गर्नुको औचित्य प्रष्‍ट्याउँदै उनले तपाईंको बाटो पतनको बाटो त्यो हामीलाई स्वीकार्य छैन भनेर ओलीलाई सम्झाएको बताए । तपाईंको विरोध गरेको मात्र हैन हामीभित्र पनि तपाईंको रोग सर्छ कि भनेर हामीमा संक्रमण सर्नुअघि तपाईंलाई मेजर अप्रेसन गर्नुपरेको हो । दाहालले भने- जनताले तपाईंलाई प्रधानमन्त्री बनाएका हैनन् । निर्वाचित भएका सबै प्रधानमन्त्री हुँदैनन् । पार्टीले बनाएको हो । त्यही भएर सचिवालय र स्थायी कमिटीबाट प्रधानमन्त्री हटाउन खोज्दा बैठकमै नआउने, बैठक छल्ने, बीचैमा उठेर भाग्‍ने गर्नुभयो पार्टीभित्रै बहस गरेर देशलाई डुबाउनबाट बचाउन सक्नुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...