प्रचण्ड–माधव प्रतिगमनकारी हुन : मन्त्री रायमाझी



हाम्रो इकोनोमि

 

 

नेकपा ओली पक्षका नेता एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नभइ प्रचण्ड–माधव नेपालहरु प्रतिगमनकारी भएको आरोप लगाएका छन् । ‘कोही कसैलाई बीचैमा प्रधानमन्त्री, पार्टी अध्यक्ष हुन मन लागेर सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रसँग मिलेर देशलाई भड्खालोमा हाल्न खोज्नेहरु अग्रगामी हुने अनि सिस्टम बँचाएर जनमत लिन खोज्ने प्रतिगमनकारी हुने, कहाँको परिभाषा हो यस्तो ?’ शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रश्न गरे, ‘आफैंले बनाएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई अविश्वास गरी संसद विघटन गर्न बाध्य बनाउने अनि ओलीले प्रतिगमनकारी काम गरे भनेर जनता झुक्याउँदै हिंड्ने गर्न हुन्छ ?’ उनले प्रचण्ड–माधव नेपाल समूह नेपाली जनतालाई झुक्काउन ‘आफैं धामी, आफैं झाँक्री’ बनेको आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली जनताले निश्चित समयका लागि जनमत दिएको र कार्यकर्ताले निश्चित समयका लागि पार्टी अध्यक्ष दिएपनि पार्टीका केही पदलोभी नेताका कारण यस्तो अवस्था आएको उनले बताए ।प्रतिनिधिसभा पुनःस्थापना हुने कुनै संभावना नरहेको बताउँदै उनले भने– अब प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना छैन, सबै चुनावकेन्द्रित हुन जरुरी छ ।

लोकतान्त्रिक संस्कार मान्ने राजनीतिक दल चुनावी मोर्चामा जान डराउनु आश्चर्य रहेको बताउँदै नेता रायमाझीले भने– सरकारले कुनै रहरले नभएर मुलुकको सिस्टम बचाउँन प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जानुपरेको हो, यसलाई बुुझाउन हामीले अभियान चलाएका छौं, जनतालाई दिइएका भ्रमलाई चिर्ने छौं ।

‘एमसीसीबारे छिटो निर्णय गरौं’

मन्त्री रायमाझीले एमसीसीका विषयमा आफूले बोलेका कुरालाई विषयान्तर गरिएको भन्दै यसलाई पास गर्ने वा अस्वीकार गर्ने विषय छिटो छुङ्गाउनुपर्ने बताएका छन् । उनले भने– मैले पास गर्ने वा नगर्ने छिटो टुंगाऔं भनेको हुँ, एमसीसी अहिलेको योजना होइन, यदि यसलाई अस्वीकार गर्ने हो भने अन्य विकल्प खोजेर अगाडि बढ्नुपर्छ । फरक प्रसङ्गमा रायमाझीले राजनीतिमा हरेक सम्भावना हुने भन्दै पार्टी एकता टरिनसकेको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...