राजेन्द्र महतोसहित जसपाका चार नेता नेकपामा प्रवेश गर्ने तयारी



 

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको एउटा समूहलाई भित्र्याउन खोजेका छन् । हालै मात्रै जसपाका दुई जना केन्द्रीय सदस्यलाई ओलीले नेकपामा स्वागत गरिसकेका छन् ।

स्रोतका अनुसार जसपाका नेता राजेन्द्र महतोलाई नेकपामा भित्र्याउन ओलीले ठूलो प्रयास गरेका छन् । ओली र महतोबीच बेलाबेला भेटवार्ता भइरहेको नेकपाका एकजना केन्द्रीय सदस्यले बताए ।

जसपाका महन्थ ठाकुर र शरतसिंह भण्डारी प्रचण्ड–माधव समूहसँग मिलेर जाने योजना बनाएको चर्चा छ । ठाकुर र भण्डारीले प्रचण्ड–माधव समूहसँग गोप्य भेटवार्ताहरू गरेको स्रोतले जनाएको छ ।

ठाकुर र भण्डारीसँगै अन्य नेताहरूले डा.बाबुराम भट्टराई र उपेन्द्र यादवलाई मन पराएका छैनन् । जसपाभित्र पूर्व राजपाका नेताहरू रिसाएका छन् ।

बाबुराम र उपेन्द्रले तत्कालीन राजपाका नेताहरूलाई मन पराउँदैनन् । उनीहरूबीचको सम्बन्ध राम्रो छैन । नेकपाभित्रको विवाद सरेर जसपामा पुगेको छ । जसपाभित्रको विवादका कुराहरू धेरै बाहिर आएका छैनन् । तर, जसपाभित्र विभाजनको ठूलो आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख