परराष्ट्रमन्त्रीको भारत भ्रमणको यस्तो छ कार्यतालिका



हाम्रो इकोनोमि

 

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली ३ दिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली गएका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नेछन् । आज भारतमा ज्ञवालीको औपचारिक कार्यक्रम छैन । उनी दिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र अन्य अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन् ।

शुक्रबार ११ बजे उनले हैदरावाद हाउसमा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय भेटघाट गर्नेछन् । त्यसलगत्तै ११ः३० बजे नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक शुरु हुनेछ । सो बैठकपछि उनले नेपाल–भारत सम्बन्ध विषयमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग भेटघाट गर्ने भनिए पनि अहिले तय भइसकेको छैन । उनी शनिबार २ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...